बुधबार, बैशाख २६, २०८१

ठूलो दलको हैसियतले सरकार गठनको प्रक्रिया अघि बढाउन काँग्रेसलाई सर्वदलीय बैठकको सुझाव

Congress-flag काठमाडौँ माघ १४, संविधानसभा भवनमा नेपाली काँग्रेसको आह्वानमा आज सम्पन्न सर्वदलीय बैठकमा सहभागि एमाओवादी लगायतका दलले काँग्रेसलाई संसद्मा ठूलो दलको हैसियतले सरकार गठनको प्रक्रिया अघि बढाउन सुझाव दिएका छन । बैठकमा नेपाली काँग्रेसले आफनो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि राखेको प्रस्ताव उपर सहभागि दलहरुले यस्तो सुझाव दिएको हो ।

बैठक पछि नेकपा (एमाले)का नेता भीम आचार्यले नेपाली काँग्रेसले आयोजना गरेको आजको बैठकमा सहभागी सबै राजनीतिक दलले छिटोभन्दा छिटो सहमतिको सरकार गठन गरेर संविधान लेखनको प्रक्रियालाई तीव्रता दिनुपर्छ भन्ने धारणा व्यक्त गरेको बताउँनु भएको छ ।  त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्राय सबै दलले सहमतिको सरकार गठन गर्नुपर्छ भन्ने पक्षबाटै भनाइ राखेकाले एक वर्षभित्रै संविधान बन्छ भन्नेमा आफूलाई आशा पलाएको प्रतिक्रिया दिनुभयो ।

तर एनेकपा (माओवादी)ले सरकार गठनका लागि नेपाली काँग्रेसलाई शुभकामना दिएर, दिदै प्रतिपक्षमै रहने स्पष्ट सङ्केत सहित बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा एनेकपा (माओवादी)का नेता कृष्णबहादुर महराले सामान्यतया हामी सरकारमा सहभागी हुँदैनौ, तर नेपाली काँग्रेसकै नेतृत्वमा सरकार बनोस् भन्ने शुभकामना दिएको बताए ।
काँग्रेसले आजको छलफललाई प्रारम्भिक छलफलको संज्ञा दिँदै नेपाली काँग्रेसले केही दिनभित्रै पुनः सर्वदलीय बैठक डाकेर राष्ट्रिय सहमतिको सरकार आफनो नेतृत्वमा गठन गरेर कसरी अघि बढने भन्ने विषयलाई निक्र्याैलमा पुग्ने जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031