शनिबार, बैशाख ८, २०८१

एमाओवादीको हालको केन्द्रीय समिति विघटन, आगामी वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने

 काठमाडौ माघ १५, एनेकपा(माओवादी)ले आगामी वैशाखमा साङ्गठनिक राष्ट्रिय सम्मेलन गर्ने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको UCPN_Maoist_Head_Office_Paris_Danda1केन्द्रीय समितिको बैठकले साङ्गठनिक राष्ट्रिय सम्मेलनको मिति तय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।

  त्यस्तै विशेष राष्ट्रिय सम्मेलनको घोषणासंग सँगै एमाओवादीको हालको केन्द्रीय समिति विघटन भएको जनाइएको छ । जारी केन्द्रीय समितिको बैठकले विशेष राष्ट्रिय सम्मेलन आयोजक समितिको घोषणा गर्ने र सो समितिलाई दुई अङ्कको मात्रै कायम गर्ने तयारी रहेको पनि बैठक पछि प्रवक्ता सापकोटाले जानकारी दिदै भेलि बस्ने केन्द्रीय समितिको बैठकले  सम्मेलनको आवश्यक विधि र तयारीका बारेमा छलफल हुने बताइएका छन ।