सोमवार, बैशाख १७, २०८१

सरकारमा सहभागी नहुने एमाओवादीको निर्णय

 काठमाडौँ माघ १४, एमाओवादीले संविधान निर्माणमा मात्रै केन्द्रित हुने भन्दै तत्काल सरकारमा सहभागी नहुने निति तय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल पुष्पकमल दाहालको निवास लाजिम्पाटदाहालको निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले संविधानसभा निर्वाचनको क्रममा जनतासामु गरेको प्रतिबद्धता अनुसार निर्वाचनको क्रममा प्राप्त जनादेश अनुरुप भन्दै संविधान निर्माणमा प्रतिबद्ध भएर लाग्ने निष्कर्ष सहित तत्काल सरकारमा सहभागि नहुने निति तय गरेको हो ।

त्यस्तै बैठकमा संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक छनोट गर्ने विषयमा समेत छलफल भए पनि कुनै पनि निर्णयमा पुग्न नसकेको पार्टीको विशेष संगठनात्मक महाधिवेशन, पार्टी नेतृत्वको आचारण सुधार, संविधानसभा निर्वाचनमा भएको पराजयलगायत का विषयमा छलफल भएको बुझिएको छ ।