मङ्लबार, बैशाख १८, २०८१

एमाओवादीलाई राष्ट्रपतिको विषयमा प्रस्ट हुन एमाले नेता नेपालको आग्रह

विराटनगर माघ ५, एमाले नेता माधवकुमार नेपालले एमाले कोसी अञ्चल कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता भेला एवम पूर्वाञ्चलबाट एमालेका  तर्फबाट विजयी सभासदको सम्मान कायक्रममा बौल्दै स्थानीय निर्वाचनको तयारीमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । नेता नेपालले कार्यक्रममा पार्टीको अधिवेशनसमेत नजिएको बताउँदै बैशाख ९ गते महाधिवेशन गर्ने तयारीमा छौं तर यसवीचमा स्थानीय निकायको निर्वाचन भयो भने महाधिवेशन केही पर सर्न सक्ने बताउँनु भएको थियो ।
साथै नेता नेपालले एमाओवादीलाई राष्ट्रपतिको विषयमा प्रस्ट हुन आग्रह गर्दै अहिले कांग्रेसका कारण हलो अड्केको बताउँदै नेता नेपालले सरकार बनाउन जति ढिलो गर्‍यो उति संविधान जारी गर्न समय लाग्ने बताए ।