आइतवार, जेष्ठ ६, २०८१

माघे संक्रान्ति पर्वको अवसरमा २ दिन सार्वजनिक बिदा

काठमाडौ पुस २१,  आगामी माघ १ र २ गते मनाइने माघे संक्रान्ति पर्वको अवसरमा प्रदेश नम्बर ५ सरकारले २ दिन सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री निवासमा माघी पर्व मनाउन २ दिन सार्वजनिक बिदा निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा बैठकले निर्देशकसहित १० जनाको सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको जनाइएको  छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।