सोमवार, जेष्ठ ७, २०८१

पत्रकारमाथि अन्नाधुन्न आक्रमणको महासंघद्वारा भत्र्सना

 काठमाडौ साउन ५, स्वतन्त्रतापूर्वक समाचार संकलनमा रहेका पत्रकारलाई प्रहरीले अन्धाधुन्ध आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  सरकारको विरोध गर्दै आज दिउँसो नेपाल तरुण दलले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म निकालेको प्रदर्शनमा समाचार संकलन गरिरहेका ५ जना पत्रकारमाथि प्रहरीले लाठी, ढुंगा प्रहार गर्नुका साथै कुटपिटसमेत गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 महासंघका महासचिव रमेश विष्टद्दारा जारी उक्त विज्ञप्तिमा प्रहरीको आक्रमणबाट हाम्राकुरा डटकमका प्रधानसम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, राजधानी दैनिकका महेश्वर गौतम, न्यूज २४ टेलिभिजनका निवेस कुमार, द हिमालयन टाइम्सका स्कन्द गौतम र प्रविन महर्जन घाइते भएको जनाइएको छ ।

प्रहरीको आक्रमणबाट घाइते भएका पत्रकारको बानेश्वरस्थित निजामती अस्पतालमा उपचार भइरहेको छ । स्वतन्त्रतापूर्वक संविधानले दिएको जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथि प्रहरीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघले जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा  प्रस्तुत घटनाले सरकार प्रेसप्रति कति उदार छ भन्ने थप प्रष्ट्याएको जनाउँदै महासंघले प्रहरीले प्रेसमाथि गरेको ज्यादतीको कडा भत्र्सना गरेको छ । प्रेसलाई निर्वाधरूपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना नदोहो¥याउन महासंघले सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

Published on: Jul 21, 2018