शुक्रबार, बैशाख १४, २०८१

भारतको ५ दिने राजकीय भ्रमणको लागि प्रम देउवा बुधवार भारत जाँदै

राष्ट्रपति भण्डारीसँग प्रम देउवाको भेटवार्ता

काठमाडौ भाद्र ६,  राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । शिष्टाचार भेटको अवसरमा प्रम देउवाले बुधबारदेखि भारतको ५ दिने आफ्नो राजकीय भ्रमण लगायतका जानकारी दिदै थप समसामयिक विषयमा छलफल गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसैवीच भारतको ५ दिने राजकीय भ्रमणको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार बिहान नेपाल वायुसेवा निगमको नियमित Sher-Bahadur-Deuba-Narendra-Modi-768x538उडानबाट नयाँदिल्लीतर्फ प्रस्थानगर्ने भएको छ ।

भारतीय प्रम नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लाग्नुभएको हो ।  भ्रमणको क्रममा प्रम देउवाले नयाँदिल्लीमा उच्चस्तरीय वार्तासहित भेटघाटका कार्यक्रम तय भएको छ ।

प्रस्तावित कार्यक्रम अनुसार प्रधानमन्त्री देउवाले बिहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्रीलाई प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्नुहुनेछ । त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुगेर उहाँले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुको अलावा राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नैडूसँग समकक्षी प्रम मोदीसंग एक्लाएक्लै भेटवार्ता त्यस्तै विदेशमन्त्री सुस्मा स्वराजसंग भेटवार्ता र भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन सहित द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ भने नेपाल–भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्दै दुवै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  त्यसैगरी, उहाँसँग गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहसंगको छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता लगायतका कार्यक्रम रहेको छ ।