शनिबार, बैशाख २२, २०८१

तीजको शुभकामना दिदै राष्ट्रपति भण्डारीले भने अबको यात्रा भनेको आर्थिक समुन्नतितर्फ

परिवर्तनकारी आन्दोलनबाट प्राप्त उपलब्धिप्रति गौरव गर्न सम्पूर्ण दिदीबहिनीलाई उपराष्ट्रपति पुनको आग्रह

biकाठमाडौ भाद्र ८ नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सांस्कृतिक पर्वलाई अक्षुण्ण राख्दै विकृति र नकारात्मक पक्षलाई छोड्दै जानुपर्ने बताउनुभएको छ । त्यस्तै सन्देशमा उहाँले् मुलुकका राजनीतिक परिवर्तनसँगै महिलाका हक अधिकारलाई संविधानले प्रत्याभूत गरेको तथा हालै सम्पन्न र हुन गइरहेको स्थानीय तहको निर्वाचनले जगैदेखि महिला नेत्रीलाई स्थापित गर्ने काम गरेको उल्लेख गर्दै अबको यात्रा भनेको आर्थिक समुन्नतितर्फ देशलाई डो¥याउनुको अलावा परिपक्व ढंगले आफ्नो कर्तव्यलाई बहन गर्न महिलाहरु लाग्नु पर्नेमा जोड दिनु भएके छ ।

 यसैवीच  उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । हरितालिकाका अवसर पारेर उहाँले जारी गर्नु भएको शुभकामना सन्देशमा नेपालमा भएका परिवर्तनकारी संघर्षमा महिला दिदीबहिनीले पु¥याउनुभएको योगदानको उच्च सम्मान गर्दै परिवर्तनकारी आन्दोलनबाट प्राप्त उपलब्धिप्रति गौरव गर्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गर्नुभएको छ । नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्व सामु परिचित गराउन नेपाली महिलाको ठूलो योगदान रहेको उल्लेख गर्नुभएको छ ।

त्यस्तै जस्तोसुकै दुःख कष्टमा पनि खुशीका साथ चाडबाड मनाउने नेपाली परम्परा भएको उल्लेख गर्दै सन्देशमा उहाँले बाढी, डुबान तथा पहिरोबाट घरबारविहीन भएका र विनाशकारी भूकम्पका कारण अझै पनि अस्थायी टहरोमै रहेका दिदीबहिनीले पनि सबै दुःख बिर्सेर हर्षका साथ हरितालिका तीज मनाउने विश्वास व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति पुनले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस्, तीज सिर्जनशील र उल्लासमय रहोस् भनी कामनासमेत गर्नुभएको छ ।यसै अवसरमा www.kantipurhotline.com को तर्फबाट पनि हरितालिका तीजको सबै महिला दिदीबहिनीलाई  शुभकामना  ।