बिहिबार, बैशाख १३, २०८१

प्रम देउवा नेतृत्वको मन्त्रिमन्डल ५० सदस्यीय पुग्यो (सूचीसहित)

काठमाडौं भाद्र ६ , प्रधानमन्त्री शेरबहादुर देउवाले आफु नेतृत्वको मन्त्रिमन्डल विस्तार गरेका छन् । प्रम देउवाले आज आफ्नो पार्टी नेपाली कांग्रेसबाट १२ र नेपाल लोकतान्त्रिक फोरमबाट तीनजना राज्यमन्त्री थप गर्दै गरेको मन्त्री मण्डल विस्तार।िगै देउवा मन्त्रिमन्डलको संख्या ५० सदस्यीय पुगेको छ । यसअघि गत suchi-finalआइतवार मन्त्रिमन्डलमा माओवादी केन्द्रका ८ जना राज्यमन्त्रीलाइ समावेस गर्दै  पद तथा गोपनीयताको शपथग्रहण गराउँनु भएको थियो ।

प्रम देउवाले आज मन्त्रिमन्डलमा समावेस गर्नु भएका राज्यमन्त्रीहरुमा क्रमस  कांग्रेसको तर्फबाट शेषनाथ अधिकारी, सीता गुरुङ, उदयशमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्र्रिन, सरिता प्रसाइँ, अमरसिंह पुन र तेजुलाल चौधरी र नेपाल लोकतान्त्रिक फोरमबाट राज्यमन्त्री हुनेहरुमा जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा लामा रहनु भएको छ ।