शनिबार, बैशाख २९, २०८१

ठक्करले दिंदा साईकलयात्री साहको मृत्यु ,ट्याक्सी चढेर लुट्ने लुटेरा पक्राउ

काठमाडौं श्रावण २७, बिराटनगर महानगरपालिका–१४ स्थित कोशी राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख ५१८२ नम्वरको ट्रकले बिहीबार बिपरीत दिशाबाट आउँदै गरेको साईकलयात्री लाइ ठक्कर दिंदा गम्भिर घाईते भएका बिराटनगर महानगरपालिका–१६ बस्ने ४३ बर्षीय मनोज साहको उपचाराको Nepal-policeक्रममा कोशी अञ्चल अस्पताल बिराटनगर मृत्यु भएको छ ।  ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैवीच यात्रु बनेर ट्याक्सी चढी भक्तपुरको खरिपाटी मुहानपोखरी ल्याएर चालक लुटने लुटेरालाई आज प्रहरीले पक्राउ गरेको छ ।
चालक लुटेर फरार भएका मोरङ उर्लाबारी घर भई हाल काभ्रे बनेपा बस्ने वर्ष २६ को माधवराज गौतमलाई चालकसँग लुटेको सामानमध्ये नगद रु पाँच हजार ९७०, चाँदीको सिक्रीसहित भाग्दै गर्दा प्रहरीले आज पक्राउ गरेको हो ।

पक्राउ परेकालाई महानगरीय प्रहरी परिसर भक्तपुरमा ल्याई थप अनुसन्धान भइरहेको र फरार रहेको अर्का एकजनाको खोजी जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरलाइ उदेत गर्दै प्राप्त समाचारमा उल्लेख  गरिएको छ ।