बुधबार, बैशाख १२, २०८१

पेट्रोलियम व्यवसायीको जारी आन्दोलन फिर्ता

petrol-300x187काठमाडौ श्रावण २७,  आयल निगम सञ्चालक समितिले बिहीबार पेट्रोल र डिजेलको ढुवानीमा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउने निर्णय गरेसंगै पेट्रोलियम व्यवसायीले आफ्नो को जारी आन्दोलन फिर्ता लिएका छन् ।

आन्दोलनका कार्यक्रम फिर्ताभएसंग राजधानी केहि दिन यता देखि इन्धन बिक्री वितरणमा हुँदै आएको अवरोध अब सहज हुने भएको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनले जनाएको छ ।

 प्राविधिक नोक्सानीको क्षतिपूर्ति  अन्र्तगत निगकले  हाल प्रति चार हजार लिटर पेट्रोलमा दिइँदै आएको  क्षतिपूर्ति ३५ लिटरबाट १० लिटर बढाएर ४५ लिटर दिने निर्णय गरेको छ । त्यस्तै, प्रति चार हजार लिटर डिजेलमा हाल दिइँदै आएको क्षतिपूर्ति २४ लिटरबाट बढाएर २७ लिटर पुर्‍याइएको छ ।