सोमवार, बैशाख १७, २०८१

बुधबार प्रधानमन्त्री देउवा सहित को-कसले गर्दैछन आफ्नो मताधिकारको प्रयोग

काठमाडौ आषाढ १३, आषाढ १४ गते अर्थात बुधवार हुने प्रदेश न १, ५ र ७ अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा हुने निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ ।  बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मुलुकका प्रधानमन्त्री एवम् प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि लिएर news-government-to-support-nri-voting-through-e-ballot-1-89795-89795-voteअन्य थुप्रै शीर्ष नेताहरु मतदानको तयारी रहनु भएको छ ।

त्यस्तै यो निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवाले डढेलधुराबाट मतदान गर्ने कार्यक्रम रहेको छ भने मुलुककका वहालवाला उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दाङबाट   त्यस्तै सभामुख ओनसरी घर्तीले : रोल्पा बाट  मतदान गर्ने भएको छ ।

 त्यस्तै गरि पूर्व प्रधानमन्त्रीद्दय लोकेन्द्र बहादुर चन्द झलनाथ खनालले क्रमस आफ्नै गृहजिल्ला बैतडी इलामबाट मतदान गर्ने भएको छ । त्यस्तै एमालेकै अर्का शीर्ष नेता सुवासचन्द्र नेम्बाङले इलामबाट वामदेव गौतमले प्युठानबाट र काँग्रेसका प्रभावशाली नेता  खुमबहादुर खड्काले दाङबाट, सिपी मैनालीले झापाबाट, कृष्ण सिटौलाले झापाबाट, उपेन्द्र यादवले सुनसरीबाट, शेखर कोइरालाले विराटनगरबाट, भीम रावलले अछामबाट, सुजाता कोइरालाले सुनसरीबाट मतदान गर्ने भएको छ ।

  त्यस्तैगरि  एमाले नेताहरु विष्णु पौडेल र घनश्याम भुषालले रुपन्देहीबाट  र गोकर्ण विष्ट गुल्मी, दिपक खड्का संखुवासभा, सुनिलबहादुर थापा धनकुटा, रमेश लेखक कञ्चनपुर, एनपी साउद कञ्चनपुर, वर्षमान पुन अनन्त रोल्पा, दिपक बोहरा, युवराज ज्ञवाली दाङ, शंखर पोखरेल, प्रदिप ज्ञवाली गुल्मी, बालकृष्ण खाँड रुपन्देही लगायत रहेका छन् ।