शुक्रबार, बैशाख १४, २०८१

सुन डकैतीमा संलग्न प्रहरीसहित ६ पक्राउ

काठमाडौं चैत्र २०, कामपा वडा न १९ मरुहिटीस्थित प्रेमरत्न शाक्यको घरमा भारत घरभएका शिव माइटीले सञ्चालन गरेको सुनका गरगहना बनाउने कारखानामा हातहतियार देखाई गत शुक्रबार डकैतीको घटनामा संग्लन मध्ये ६ जनालाई पक्राउ गरी आज महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक dakaiti-1450678242गरेका छन् ।  ६४ तोला सुनका विभिन्न गरगहना, नगद रु १३ हजार र मोबाइल डकैतीको घटनामा तीनजना प्रहरीकोसमेत संलग्नता भेटिएको जनाउ दिदै ३ जना अझै फरार रहेका महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिनु भएको छ ।

आज सार्वजनिक गरिएको डाकाहरुमा महानगरीय प्रहरीवृत्त लैनचौरमा कार्यरत प्रहरी जवान अजय गुरुङ, काभ्रे घर भई ठमेलमा बस्दै आएका सुवास खरेल, धादिङ घर भई बालाजुमा बस्दै आएका राजकुमार तामाङ, काभ्रे घर भई राजधानीमा डान्सबारमा काम गर्ने देव तामाङ , ललितपुर बालकुमारी बस्ने पाल्देन भन्ने क्षितिज तामाङ र लाप्साङ लामा रहेका छन ।  
त्यस्तै घटनामा संलग्न धादिङ छत्रेदेउराली घर भई सीतापाइला बस्ने हर्कबहादुर तामाङ , महानगरीय प्रहरीवृत्त लैनचौरमा कार्यरत प्रहरी हवल्दार बलबहादुर मगर र प्रहरी जवान नवीन ढकाल फरार रहेको जनाउ दिदै प्रहरी उपरीक्षक अमात्यले निजहरुले शुक्रबार ८ जनाको संख्यामा आएका लुटेरा समूहले आफूहरु प्रहरी भएको र पसलमा अवैध सुनको कारोबार भइरहेको सूचना आएको भन्दै धम्की दिई कारखानामा कार्यरत ६ जना कामदारलाई नियन्त्रणमा लिई लुटपाट गरेको अनुसन्धानको क्रममा खुलेको जानकारी दिनु भएको छ ।  प्रहरीले शनिबार दिउँसो सामान बिक्री गर्न भनी योजना बनाउँदै गरेका अवस्थामा उपत्यकाका विभिन्न स्थानबाट ६ जनालाइ शनिबार पक्राउ गरी डैकति मुद्दामा आवश्यक कानुनी कारबाहीका लागि आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं चलान गरिएको जनाएको छ ।