शुक्रबार, बैशाख १४, २०८१

नेपालद्वारा केन्या ७ विकेटले पराजित

काठमाडौ फागुन ३०, आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत आज अपरान्ह कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको केन्याविरुद्धको खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको छ । केन्याले दिएको १ सय ५६ रनको विजय लक्ष्य नेपालले एक सय १८ बल बाँकी छँदै तीन विकेटको क्षतिमा पुरा गर्दै Captureकेन्याविरुद्धको खेलमा विवजयी प्राप्त गरेको हो ।

शनिबार पहिलो खेलमा नेपाल केन्यासँग पाँच विकेटले पराजित भएको नेपालले प्राप्त समाचारमा उल्लेख भएअनुसार केन्या विरुद्धको दोस्रो खेलमा जित हासिल गरेसँगै नेपालले विश्वकप क्रिकेटको छनोटमा पर्ने सम्भावनालाई जीवितै रहनुको अलावा नेपालले अब प्रतियोगितामा हङकङ र युएईसँग खेल्न बाँकी छ । नौ खेलको समाप्तिसँगै नेपाल आठ अङ्कका साथ छैटाँै तथा केन्या १० अङ्कका साथ पाँचौँ स्थानमा रहेको उल्लेख गरिएको छ ।