शुक्रबार, चैत्र १६, २०८०

ओखलढुङ्गामा वृहत राष्ट्रिय पूरुष भलिबल प्रतियोगिताको आयोजना हुँदै

काठमाडौं चैत्र ९, खेलकुदको माध्यम द्वारा युबा एकता युबा सुदृढीकरण र सिर्जनसिल युबा निर्माणको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको द युथ पावर द युथ पावर नेपालको आयोजनामा आगामी चैत १५ देखी १७ सम्म ओखलढुङ्गामा बृहत राष्ट्रिय पूरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लाको गाम्नाङटार गाविसमा प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका खेलकुद संयोजक बिजय बस्नेतले बताए ।  17467529_1291562330930316_158013645_nगाम्नाङटार गाविस जिल्लाकै खेलकुदको ईतिहासमा अग्रणी स्थलको रुपमा चिनिने बस्नेतले जनाउँदै संयोक बस्नेतको भनाइ रहेको छ। त्यस्तै खेलकुद आयोजनाले खेलकुद जगतको बिरासत जोगाउनका साथै जिल्ला र आयोजना स्थलमा समेत पर्यटन शिक्षा लगायत अन्य क्षेत्रको पनि विकाश हुने कार्यक्रम संयोजक दिपक श्रेष्ठले जिकिर गरे ।
ओखलढुंगा जिल्ला र मोफसलकै सर्बाधिक उच्च पुरस्कार रासीको खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो पुरस्कार क्रमस १,११,१११ ६६,६सय६६ र ३३,३सय३३ त्यस्तैगरि सान्तवना पुरस्कार ११,१सय११र उत्कृष्ट खेलाडी ५,५सय५५ सहित अन्य बिधा का खेलाडीलाई पनि विभिन्न पुरस्कार ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक दिपक श्रेष्ठले जानकारी दिनु भएको छ ।
त्यसो त हरेक सामाजिक क्षेत्रमा योगदान पुराउदै आयको द युथ पावर नेपालले सामाजिक उत्तरदायित्व र नैतिक जिम्मेवारीबाट युबालाई नभाग्न र समुन्नत समाज आर्थिक समृद्धि र बिकासका लागि एकजुट हुनु पर्ने दिपक श्रेष्ठले बताउनु भयो।  साबिकको गाम्नाङटार गाविस हाला लिखु गाउँ पालिका स्थित श्री ग्रामोदय युगकवि सिद्धिचरण उच्च माध्यामिक बिद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा गाम्नाङटार सेवा समाज, ओखलढुङ्गा एकता सेवा समाज मलेशियाले पनि सहकार्य गरेको आयोजक कमिटीका सचिव युबराज थापाले जानकारी दिनु भएको छ । “अनुशासन, पर्यटन प्रबद्धन र समाजिक सद्भाब लागी खेलकुद, भन्ने नारा सहित ओखलढुङ्गा जिल्लाकै ईतिहासमा सर्बाधिक उच्च राशिको भलिबल प्रतियोगिताको आयोजना गरिएको आयोजक पक्षको दाबी छ । भलिबल प्रतियोगिता सँगै आयोजकले सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरेको जनाएको छ ।

प्रतियोगितामा काठमाडौबाट काभ्रे,सिन्धुली,खुर्कोट रामेछपको मन्थली हुँदै कार्यक्रम स्थानमा मोटरबाटो मार्फत पुग्न सकिन्छ । कार्यक्रममा स्थानिय कला सँस्कृती सङ्गै धार्मिक स्थल र पौराणिक कुरा हरुको प्रचार प्रसार र प्रबर्द्धन गरिने आयोजकले बतायको छ।  कार्यक्रमको लागत लगभग १५ लाख लाग्ने र विभिन्न संघ,सस्था,समाजसेवी ,ब्यक्तिबाट सहयोग जुट्ने क्रम जारी रहेको र कार्यक्रम अन्तिम तयारीमा पुगिसकेको कार्यक्रम सयोजक दिपक श्रेष्ठले बताउनु भयो ।। समग्र खेलप्रेमी,बुद्दिजिबी,पेसाकर्मी लागयत संघ सस्था हरुलाई कार्यक्रम सफल बनाउन को लागि सहकार्य,सद्भाव र समन्वय गर्न आव्हान गरियको खेलकुद संयोजक बिजय बस्नेतले जनकारी दिनु भएको छ ।