शुक्रबार, बैशाख २८, २०८१

स्वास्थ्यमन्त्री थापाद्दारा आफ्नो शरीरका सात अंग दानको घोषणा

भक्तपुर फागुन १६,  स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले मृत्युपश्चात् मुटु, फोक्सो, कलेजो, प्यान्क्रियाज, मिर्गौलालगायत दान गर्ने मञ्जुरीपत्रमा हरुताक्षर गर्नु भएको छ ।  मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयमा Captureआयोजित एक कार्यक्रमका वीच स्वास्थ्यमन्त्री थापाले मृत्युपश्चात् अंग दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गर्दै यस्तो घोषणा गर्नु भएको हो । मन्त्री थापको प्रस्तुत घोणणासंगै उहाँ मुटु, कलेजो, फोक्सो, प्यान्क्रियाज दान गर्न मञ्जुरी दिने प्रथम नेपालीसमेत बन्न सफल हुनु भएको छ ।

यसअघि मिर्गौला दान गर्न मञ्जुरी दिने प्रथम नेपाली भने वरिष्ठ प्रत्यारोपणविद् एवम् केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ आफैं हुनुहुन्छ ।
यसैवीच स्वास्थ्य सेवा दिवसकै अवसरमा आयोजित निःशुल्क मिर्गौला जाँच शिविरमा दुई सय २२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।जसमा दुई सय २२ जनाकै पिसाब जाँच, एक सय ७५ जनाको रगत जाँच र ४० जनाको अल्ट्रासाउन्ड गरिएको थियो । उक्त शिविरमा २१ जनामा मिर्गौलाको रोगको पहिचान गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031