शुक्रबार, बैशाख १४, २०८१

महासंघ भारत शाखामा शाह

नयाँ दिल्ली माघ १६ , नेपाल पत्रकार महासंघ भारत शाखाको प्रथम अधिवेशन आइतबार सम्पन्न भएको छ। भारतको राजधानी दिल्लीस्थित नेपाल आवाज दैनिक पत्रिकाको सभाहलमा सम्पन्न अधिवेशनले सर्वसम्मत लोकेश शाहको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्ष देवबहादुर कुँवर, महासचिव गोबिन्द पोखरेल, सचिव ऋषिराम अधिकारी, सह सचिव अर्जुन खनाल र कोषाध्यक्षमा धन बहादुर बिक रहनु भएको  छ। त्यसैगरि सदस्यमा इन्द्रकमल जैरु, देवेन्द्र केसी , भेषराज पौडेल, खुमबहादुर गुरुङ र पुजा शाह लाइ निर्वाचित गरिएको  छ ।

अधिवेशनका  विशेष अथिति   भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले कार्यक्रमलाई सम्बोधन गर्दै दुई देश बिचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन पत्रकारको भुमिका महत्त्वपुर्ण हुने जनाउ दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
अधिवेशनमा भारत शाखालाई आधिकारिकता प्रदान गर्न नेपाल पत्रकार महासंघका सचिव धमेन्द्र कर्ण, उपत्यका प्रमुख एवं केन्द्रीय सदस्य इश्वरी वाग्ले र मध्यपश्चिमाञ्चल प्रमुख एवं केन्द्रीय सदस्य झलक गेरैको उपस्थिति रहेको थियो।

 यसैवीच  भारत शाखाको अध्यक्षमा निर्वाचित  हुनु भएकोमा मित्र लोकेश शाह सहित  सिङगो कार्यसमितिका पदाधिकारी परिवारलाइ  http://www.kantipurhotline.com/ को तर्फबाट   हार्दिक बधाइ सहित सफल कार्यकालको लागि  शुभकामना  ।

यो पनि