बिहिबार, चैत्र १५, २०८०

महासंघ भारत शाखाको अधिवेशन माघ १६ मा

देबेन्द्र केसी / नयाँ दिल्ली, माघ १२,  भारतमा कार्यरत नेपाली पत्रकारलाई सड्गठित गर्ने लक्ष्यका साथ स्थापना गरिएको महासंघ भारत शाखाका पहिलो अधिवेशन जनवरी २९ अर्थात माघ १६ गते गर्ने भएको छ । भारत स्थित नेपाली दुताबास र जनबर्गिय सड्गठनहरुको उपस्थिति रहने उक्त अधिवेशनमा नेपालबाट महासंघको केन्द्रीय टिम पनि आउने शाखा सभापति लोकेश शाहले जानकारी दिनुभएको छ ।

माघ १५ गते बन्दसत्र र १६ गते निर्वाचन कार्यक्रम गरि दुई चरणमा सम्पन्न गर्ने योजना रहेको अध्यक्ष शाहले जानकारी दिनु भएको छ । उहाँका अनुसार सर्वसहमतिमानै नयाँ कार्यसमिति चयन गर्ने आफ्नो प्रयास रहेको बताउँनु भएको छ । महासंघ भारत शाखाको पहिलो अधिवेशनपछि नेपाली दुताबासमा नेपाल -भारतका बुद्धिजीवी र पत्रकारहरुको उपस्थितमा नेपाल भारत- समन्ध र पत्रकारको भूमिका विषयक अन्तरक्रियाको समेत आयोजना गरिने तयारी रहेको जारी विज्ञप्तिम उल्लेख गरिएको छ ।