बिहिबार, बैशाख ६, २०८१

लौ यस्तो पनि: युवतीको जालमा यसरी फसे पाइलट शर्मा

 वेश्यावृत्तिमा संलग्नलाई प्रयोग गरी उनीहरूले त्यसरी धेरै व्यक्तिलाई ब्ल्याकमेलिङ गरिसकेको खुल्यो । युवतीहरू भने फरार भए । दिल्लीमा पटक–पटक यस्ता समूह पक्राउ पर्दै आएका छन् । त्यही घटनाको नक्कल गरी काठमाडौंमा समेत ठगी धन्दा सुरु भएको प्रहरीको अनुमान  रहेको   छ ।

काठमाडौं २२ माघ ,  भारतको एक प्रतिष्ठित एयरलाइन्समा कार्यरत पाइलट अनिल शर्माको जिन्दगी नैराश्यताले भरिएको थियो । सधैँ निराश देखेपछि उनलाई एक दिन को–पाइलटले त्यसको कारण सोधे । अफिस, घर अनि फेरि अफिसको पट्यारलाग्दो दैनिकी नै आफ्नो निराशाको कारण भएको उनले बताए । जीवनमा खुसी भर्नका लागि युवतीहरूसँग च्याट गर्न र घुम्न ती को– पाइलटले शर्मालाई सुझाए । दुई बच्चाको बाबुसमेत रहेका शर्मालाई सुरुमा त्यो सुझाब मन परेन । तर, पछि ट्राई गरौँ भन्ने लाग्यो । च्याटसाइड एडल्टफाइन्डर डटकममार्फत उनको सिया नाम गरेकी युवतीसँग अनलाइनमा च्याट हुन थाल्यो । पहिलो दिनदेखि नै खुलेर कुरा गर्ने सिया बोल्ड युवती थिइन् । उनीसँगको च्याटले अनिलको जीवनमा नैराश्यता हट्दै गयो । केही दिनमै सियासँग फोनमै कुराकानी हुन थाल्यो ।

सियाका मीठा कुराले च्याट सुरु भएको दुई हप्तामै उनीहरूबीच भेटघाटको वातावरण बन्यो । अनिलले फिल्म हेर्न जाने प्रस्ताव राखे । युवतीले आफ्नै फ्ल्याटमा बसेर मीठा कुरा गर्ने प्रस्ताव राखिन् । युवतीलाई भेट्न अनिल दिल्लीको एमटुके सिनेमाघरअगाडि गत २४ अक्टोबरमा कार लिएर पुगे । सिया उनको प्रतीक्षामा थिइन् । च्याटमा जस्तै युवती बोल्ड र कामुक थिइन् । अनिल रेस्टुरेन्टमा बसेर खाजा खान चाहन्थे । तर, युवतीले रेस्टुरेन्टबाट प्याक गरी आफ्नै फ्ल्याटमा जाने प्रस्ताव राखिन् । फ्ल्याटमा जाने क्रममा आफ्नो साथी सलोनीको डेरामा जाने प्रस्ताव ती युवतीबाट आयो । अनिल झस्किए । सियाले फकाउँदै भनिन्, ‘अनिल तिमी झन् पुरस्कार पाउँदैछौ, एउटा किन्दा अर्को सित्तैमा ।’

दुईजना युवतीसँग रमाउने सपनासाथ उनी राजी भए । सियालाई समेत कारमा राखेर उनीहरू सलोनीको फ्ल्याटमा पुगे । सियाले ताल्चा खोलेर अनिललाई आफ्नो फ्ल्याटमा स्वागत गरिन् । बरन्डामा कपडा रहेको भन्दै उनी तत्कालै त्यहाँबाट निस्किइन् । सलोनी उनीसँग जिस्किन थालिन् । आफूसँग सम्बन्ध राख्न उस्काइन् । तर, अनिल सुरुमा सियासँग सम्बन्ध राख्न चाहन्थे । सलोनीले कर करेपछि उनले आफूलाई रोक्न सकेनन् । सलोनीले नै उनको कपडा खोलिदिइन् । सम्बन्ध राखिसकेपछि उनी आराम गरिरहेका थिए । तीनजना युवा ढोकामा देखिए । ‘धेरै पहिलेदेखि यहाँ वेश्यावृत्ति हुन्छ भन्ने सूचना पाएका थियौँ, आज प्रमाण भेट्यौँ,’ तीनमध्ये आफू सइ भएको बताउने युवकले भने । एक हवल्दार र सिपाही पनि उनीसँगै थिए । उनीहरूले अनिल र सलोनी दुवैलाई पक्राउ गरेर गाडीमा राखे ।

पट्यारलाग्दो जिन्दगीमा खुसी भर्न जाँदा शर्मा झन् ठूलो तनावमा परे । हिरासतमा राख्नुअघि अस्पतालमा स्वास्थ्य जाँच गर्नुपर्ने भन्दै उनीहरू अस्पतालतर्फ गए । अस्पतालमा सुरुमा सलोनीको स्वास्थ्य जाँचका लागि भनेर लिएर गए । अनिललाई गाडीमै राखे । केही समयपछि अब प्रहरी चौकी जाने भन्दै अनिललाई लिएर गए । उनीहरू सादा पोसाकमा थिए । युवती नलिई हवल्दार र सिपाही अस्पतालबाट बाहिरिए । युवती नलिई आएको सोध्दा जुन उत्तर आयो त्यसले शर्मा छाँगाबाट खसेजस्तो भए । ‘युवतीले तिमीविरुद्ध बलात्कार गरेको भन्दै जाहेरी दिन लागेकी छे, अब त सात वर्षसम्म जेलमा कोचिनुपर्छ, मिडियामा यो सबै जान्छ ।’

घटनालाई गोप्य राखी मुद्दा नचलाउन आग्रह गर्दै उनी रुन थाले । त्यसका लागि केही पैसा खर्च गर्ने उनले बताए । त्यसका लागि प्रहरीले २० लाख भारु मागे । त्यत्रो पैसा नभएको उनले बताए । बार्गेनिङको क्रममा १० लाख भारुमा कुरा मिल्यो । भोलिपल्ट उनले बैंकबाट पैसा निकालेर दिए । त्यसपछि ठूलो महासंकटबाट उन्मुक्ति पाएको ठाने । चार महिनापछि ९ मार्च २०१६ मा फेरि उनलाई फोन आयो । ‘एसपीसाबले फेरि त्यो घटना अनुसन्धान गर्र्नुभएको छ, के गर्ने रु’ तिनै व्यक्तिले फोन गरे । फेरि उनी तनावमा परे । दुई लाख दिए उक्त अनुसन्धान बन्द गर्ने प्रस्ताव सइले राखे ।

त्यो घटनाबारे अनिलले कसैलाई बताएका थिएनन् । फेरि पैसा मागेपछि उनले एक निकट साथीलाई सेयर गरे । ती साथीले त्यस्ता ठग गिरोहहरू दिल्लीमा सक्रिय रहेकाले प्रहरी नभई उनीहरू ठग भएको हुन सक्ने बताए । त्यसपछि अनिल १४ मार्च २०१६ मा मौर्य प्रहरी चौकीमा पुगेर एफआइआर दर्ता गराए । प्रहरीले अनुसन्धान अघि बढायो । अनुसन्धानको क्रममा ती सबै नक्कली प्रहरीको खुल्यो । सेक्स ¥याकेट खडा गरेर उनीहरूले धनाढ्य व्यक्तिहरूलाई त्यही शैलीबाट ठगी गर्दै आएको रहस्यको पर्दाफास भयो । अनुसन्धानपछि घटनामा संलग्न जितेन्द्र सिंह, सुरेन्द्रलाल र प्रिन्सलाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वेश्यावृत्तिमा संलग्नलाई प्रयोग गरी उनीहरूले त्यसरी धेरै व्यक्तिलाई ब्ल्याकमेलिङ गरिसकेको खुल्यो । युवतीहरू भने फरार भए । दिल्लीमा पटक–पटक यस्ता समूह पक्राउ पर्दै आएका छन् । त्यही घटनाको नक्कल गरी काठमाडौंमा समेत ठगी धन्दा सुरु भएको प्रहरीको अनुमान  रहेको  खवर  आजको नयाँपत्रिका बाट   साभार गरिएको छ ।