शुक्रबार, बैशाख १४, २०८१

मन्त्रिपरिषद बैठक बस्दै ज्ञवाली हटाउँदै पूर्वउपाध्यक्ष डा. पोखरेललाइ ल्याउँने तयारी

काठमाडौं पौष २७, आज सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका विषयमा आज निर्णय लिने भएको छ । आज बस्ने pm-office-11012017102857-600x0मन्त्रिपरिषद बैठकमा छलफल गरेर निर्णय लिइने सरकारको तयारी रहेको सम्वद्धस्रोतले जनाएको छ ।

आजको बैठकमा ज्ञवालीको स्पष्टिकरणको सवालमा समिक्षा सहित छलफल हुने बताईएको छ । छलफलपछि जवाफ चित्त नबुझे हटाइएको निर्णय हुनेछ । सीईओ ज्ञवालीले भूकम्पमा भत्केका भौतिक संरचना पुनर्निर्माण र पीडितलाई घर पुनर्निर्माण अनुदान वितरण कार्य प्रभावकारी रूपमा अघि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको सवालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उनलाई लिखित स्पष्टीकरण मागेको थियो ।