बुधबार, बैशाख ५, २०८१

मन्त्रिपरिषद् बैठक: पुनःनिर्माण प्राधिकरणका सीईओ ज्ञवाली पदमुक्त, डा. पोखरेल नियुक्त

राष्ट्रिय पर्व र चाड बिदाका सम्बन्धमा पुनरावलोकन गर्न गृहलाइ एक महिने कार्यादेश

काठमाडौ पौष २७, मन्त्रीपरिषदको आज बसेको बैठले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई पदमुक्त गर्दै डा गोविन्दराज पोखरेललाई नियुक्त गरेको छ ।  पदमुक्त गरिएका सीईओ ज्ञवालीको कार्य सम्पादन शैली प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उनलाई दास्रो pm-office-11012017102857-600x0पटक लिखित स्पष्टीकरण साृधेको थियो । तर मन्त्रिपरिषद् बैठकले ज्ञवालीले पेस गरेको दोस्रो स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै उहाँलाई पदमुक्त गर्दै डा पोखरेललाई नियुक्त गरेको हो ।

त्यस्तै आजको बैठकले पौष २७ अर्थात राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदाको माग गर्दै चौतर्फबाट आएको जनदवाव लाइ लक्षित गर्दै गृह मन्त्रालयलाई राष्ट्रिय पर्व र चाड बिदाका सम्बन्धमा पुनरावलोकन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिएको सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनु भएको छ ।  त्यस्तै बैठकले भूकम्प प्रभावित विद्यालयमा पुनःनिर्माणका कामलाई गति दिन अस्थायी दरबन्दीमा कर्मचारी नियुक्त गर्ने निर्णय सहित निजामती कर्मचारीको उमेर बढाउने प्रस्तावसहितको संशोधन विधेयक परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031