बुधबार, बैशाख १२, २०८१

संसद बैठक ः महाअभियोगको प्रस्तावमाथिको छलफल समाप्त भएको घोषणा, संविधान संशोधन विद्येयक सहित निर्वाचनसम्बन्धी दुई विधेयक सदनमा प्रस्तुत

काठमाडौ पौष २४ , व्यवस्थापिका–संसद्को आज बसेको दोस्रो बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्धको महाअभियोगको प्रस्तावमाथिको छलफललाए विट मारेको छ । बैठकको कार्यसूचीमा समावेश गरिएको भएपनि त्यसमा कुनै पनि सांसदले भाग नलिएकाले सभामुखले छलफल img_9162_sjh_samsad_073समाप्त भएको घोषणा गर्नुभएको हो । साथै बैठकले महाअभियोगको छानबिन गरी सिफारिस गर्ने प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाउने निर्णय समेत गरेको छ ।

त्यस्तै सरकारको तर्फबाट न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ र ‘निर्वाचन (कसुर तथा सजाय) विधेयक, २०७३’ प्रस्तुत गर्नुभएको छ । मन्त्री नायकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न ती विधेयक आवश्यक भएको जनाउ दिदै दुबै विधेयक सदनसमक्ष प्रस्तुत गर्नु भएको हो ।  त्यस्तै आजै सरकारले संसद् बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ प्रस्तुत गरेको छ । नेकपा (एमाले)लगायत विपक्षी दलहरूको होहल्ला र नाराबाजीका बीच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले उक्त संशोधन प्रस्तुत गर्नुभएको हो । संसद्को अर्को बैठक यही सोमवार दिउँसो १ बजे बस्नेछ ।