शनिबार, बैशाख १५, २०८१

संशोधन प्रस्ताव दर्ता पूर्व काँग्रेसले मधेसी मोर्चा लगायत सरोकारवालासँग छलफल गर्ने

काठमाडौ मार्ग ७,  सत्तासाझेदार दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले संविधान संशोधन प्रस्ताव दर्ता गर्नुभन्दा पहिले मधेसी मोर्चासँग छलफल गरेर अगाडि बढ्ने नितिगत निर्णय गरेको छ ।

nc-flageबैठकपछि पत्रकारसंग कुरा गर्दै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनको सवालमा मधेसी मोर्चा सहित अन्य सरोकारवालासँग छलफल गरेर अगाडि बढ्ने विषयमा छलफल भएको र छलफलबाट संशोधनको विषयमलाई अझ मूर्तरुप दिनका लागि सबै राजनीतिक दलसँग छलफल गर्ने नितिगत निर्णय भएको जानकारी दिनु भएको छ ।

यसैक्रममा काँग्रेसले बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल, मधेसी मोर्चा र सरकारमा सामेल अन्य दलसँग छलफल गर्ने भएको छ । त्यस्तै बहुचर्चित प्रदेशन ५ सीमांकनको सवालमा भने त्यहाँकै जनप्रतिनिधिका विषयमा कुरा गरेर अगाडि बढाउँने भएको छ ।