सोमवार, बैशाख १७, २०८१

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्दारा ३ अर्ब ५७ करोड अख्तियारी प्रदान

punarnirmanकाठमाडौ कात्तिक २४,  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काठमाडौँ, भक्तपुर र ललितपुरमा भूकम्पबाट घर पूर्णरुपमा क्षति भएका उपत्यकावासीलाई आवास निर्माणका लागि पहिलो किस्तामा रु ५० हजार उपलब्ध गराउन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई रु तीन अर्ब ५७ करोड ८० लाख ५८ हजारको अख्तियारी प्रदान गरेको छ ।

मन्त्रालयका अनुसार अनुदान सम्झौताका लागि काठमाडौँमा ४२ हजार ५००, ललितपुरमा २४ हजार १२८ र भक्तपुरमा २४ हजार ९०० घरधनीको नाम पहिचान भएकाको नाम स्थानीय विकास मन्त्रालयमा पठाइसकेको प्राधिकरणले जनाएको छ ।