सोमवार, बैशाख १७, २०८१

गणेशमानको आदर्शबाट सबैले पाठ सिक्नु पर्नेमा राष्ट्रपति भण्डारीको जोड

काठमाडौं कात्तिक २४,   गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानद्दारा आज राजधानीमा सिंहको १०२औँ  जन्मजयन्तीका अवसरमा आयोजित  anup_20161109_2 anup_20161109_12 anup_20161109_16anup_20161109_23
anup_20161109_21
anup_20161109_22 anup_20161109_24 anup_20161109_28 anup_20161109_29 anup_20161109_30 anup_20161109_31 anup_20161109_33 anup_20161109_35 anup_20161109_36 anup_20161109_41 anup_20161109_42जनआन्दोलन स्वर्ण पदक’ विभूषित कार्यक्रमलाइ सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले २०४६ सालका जनआन्दोलनका सर्वोच्च कमाण्डर एवम् राष्ट्रपति भण्डारीले राजकीय पद र प्रतिष्ठालाई अस्वीकार गर्दै लोकतन्त्रको स्थापना र सुदृढीकरणका निम्ति अनुकरणीय योगदान गर्ने गणेशमानको आदर्शबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभएको छ । त्यस्तै उहाँले निर्भिक व्यक्तित्वको पहिचान बनाउनु भएका सिंह नेपाली जनताको स्मृतिमा लौहपुरुषको रुपमा स्थापित भएको बताउँनु भएको छ । त्यस अवसरमा राष्ट्रपति भण्डारीले नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवम् संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलालाई जनआन्दोलन स्वर्ण पदकबाट विभुषित गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले संविधानको प्रभावकारी कार्यान्वयनका लागि निरङ्कुशताविरुद्ध उभिएका राजनीतिक दलहरू एक ठाउँमा उभिनु जरुरी रहेकोमा जोड दिनु भएको थियो ।  नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन गरेर तीन तहको निर्वाचन गराउनु प्रमुख चुनौती रहेको बताउँदै राजनीतिक दल एकापसमा मिलेर संविधान कार्यान्वयन गरेमात्र जनप्रिय नेता गणेशमानप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभएको थियो ।

त्यस्तै काँग्रेस केन्द्रीय सदस्य एवम् नेपाल सरकार स्वास्थ्यमन्त्री गगन थापाले गणेशमानको चाहना राजनीतिक अधिकारपछि आर्थिक अधिकार भएकाले अब राजनीतिक अधिकारलाई टुङ्ग्याएर आर्थिक  मुद्धामा केन्द्रीत हुँनु पर्नेमा  जोड दिनु उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवम् काँग्रेसका सासंद भीमसेनदास प्रधानल नेता तथा सहिदको योगदानको कदर गर्न सकेमात्र गणेशमानप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभएको थियो ।