सोमवार, बैशाख १७, २०८१

विहिवार बस्ने भनिएको संसद बैठक शुक्रवार ११ बजे बस्ने गरि स्थगन

काठमाडौ कात्तिक २४,  कात्तिक २५ गतेको लागि बस्ने तय भएको व्यवस्थापिका–संसदको बैठक एक दिन पर सरेको छ । बुधबार संसद् सचिवालयले सूचना captureप्रकाशित बैठक स्थगन गरेको जनाएको हो ।

यसअघि कात्तिक २५ गते बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथि जारी रहेको छलफलले निरन्तरता पाउँने कार्य सूची रहे पनि बैठक एक दिन पर सरेपछि अव शुक्रवारमात्रै उक्त एजेन्दामा छलफल हुँने भएको छ । त्यस्तै संसद् सचिवालयद्दारा जारी सूचनामा संसद्को अर्को बैठक कात्तिक २६ गते बिहान ११ बजे बस्ने उल्लेख गरिएको छ ।