सोमवार, बैशाख २४, २०८१

मधुमेह यसका लक्षण र निदानका उपाय

pen-copy-gift-150x15022-डा हेमराज कोइराला

मधुमेह, डाइबिटिज, चिनी रोग, सुगर जस्ता अने��ौं नामले परिचित यो रोगको मुख्य लक्षण भनेकै रगतमा ग्लुकोजको मात्रा बढ्नु हो। आठ दश घण्टाको उपवासपश्चात् लिइएको रगतमा यदि ग्लुकोजको मात्रा १२६ (मि.ग्रा) img_9433 प्रति डेसी लिटर (१००मि.लि. रगतमा १२६ मि.ग्रा) भन्दा ज्यादा पाइएमा त्यस्ता व्यक्तिलाई मधुमेह रोग लागेको मानिन्छ। ग्लुकोज हाम्रो शरीरको इन्धन हो।

मस्तिष्कघातको पुनर्स्थापना
हिमालयको जन्मकथा र विकास: जसरी गाडीको इन्जिन चलाउन पेट्रोल आवश्यक पर्छ त्यसैगरी यो शरीररूपी इन्जिन चलाउन पनि ग्लुकोज आवश्यक पर्छ। हामीलाई कार्बोहाइडे्रट वर्ग (गुलिया प्रकृतिका खाद्यान्न तथा फलफूल), जस्तै– चामल, गहुँ, मकै, कोदो फापर जस्ता अन्न, मुङ, मस्याङ, मुसुरो, मास, रहडी, गहत जस्ता दलहन, भटमास, केराउ, राजमा, बोडी, सिमी जस्ता गेडागुडी, आलु, पिँडालु, सुठुनी, तरुल, सिमल–तरुल जस्ता कन्दमूल चिनी, आटा, मैदाजस्ता खाद्य पदार्थबाट ग्लुकोज प्राप्त हुन्छ। थोरै मात्रामा शरीरभित्रै पनि ग्लुकोज उत्पादन हुन्छ। भोजनबाट प्राप्त र शरीरभित्रै उत्पादित ग्लुकोजले रक्त ग्लुकोजको मात्रा निर्धारित गर्छ। क्रियात्मकरूपमा स्वस्थ व्यक्तिको १०० मि.लि. रगतमा ८०–११० मिलिग्राम ग्लुकोज पाइन्छ।

कति भए मधुमेह?   आठ दश घण्टाको उपवासपश्चात लिइएको रगतमा यदि ग्लुकोजको मात्रा १२६ मि.ग्रा.डेली (१०० मिलिग्राम) भन्दा ज्यादा भएमा वा ग्लुकोजजन्य पदार्थहरु खाएको २ घण्टापश्चात लिएको रगतमा ग्लुकोजको मात्रा २०० मि.ग्रा. डेली भन्दा ज्यादा पाइएमा त्यस्ता व्यक्ति लाई मधुमेह भएको मानिन्छ। यदि फास्टिङ ब्लड ग्लुकोज ११०–१२६ मि.ग्रा. डे.ली.र पोस्ट प्रान्डल ब्लड ग्लुकोज को १४०–१९९ सम्म भए मधुमेहको सुरुवाती लक्षण अथवा मधुमेह हुन सक्ने जोखिम भएको मानिन्छ।

जाँच विधि : यो रोगको जोखिममा परेका वा पारिवारिक इतिहास भएकाहरुले नियमितरूपमा रगत तथा पिसाव परीक्षण गराइ रोग लागेरनलागेको निर्क्योल गर्नुपर्ने हुन्छ। मधुमेह भएरनभएको थाहा पाउन आठ दश घण्टा भोकै बसेर र खाना खाएको दुई घण्टापछिको रगत र पिसाप जाँचलाई मुख्य आधार बनाइन्छ। फास्टिङ (खाली पेटको) ब्लड ग्लुकोज परीक्षणभन्दा पहिलो दिन रोगीलाई कार्बोहाइडे्रटजन्य (भात, रोटी) खानेकुरा खान जोड गरिन्छ। भिटामिन सी, एस्प्रिन दुखाइ कम गर्ने औषधि, गर्भ निरोधक चक्की, नाइसिन ट्याब्लेट जस्ता औषधि खाएर ग्लुकोज परीक्षण गर्नुहुँदैन। पोस्ट प्रान्डल (खानापछिको)anup_20161114_15 ग्लुकोज जाँच गर्न भने भरपेट खाना वा ७५ ग्राम ग्लुकोज खुवाएर दुई घण्टासम्म शारीरिक व्यायाम, मानसिक तनाव र हिँड्ने चल्ने जस्ता क्रियाकलाप गर्न नदिइकन रगत निकालेर ग्लुकोज परीक्षण गरिन्छ।

मधुमेहको निगरानी

मधुमेहका रोगीले मधुमेह नियन्त्रण राख्न नियमित मधुमेहको परीक्षण गरिरहनुपर्ने हुन्छ। मधुमेह निगरानी परीक्षणमा क्रमशः निम्न टेस्ट पर्छन् : १. फास्टिङ तथा पोस्ट प्रान्डल ब्लड ग्लुकोज लेबल परीक्षण

२.ग्लाइकोसिलटेड हेमोग्लोबिन परीक्षण

३. मुटु परीक्षण (इको, टिएमटी, इसिजी, लिपिड प्रोफाइल)

४. आँखा परीक्षण

५.मिर्गौला परीक्षण(किटोन बडी, ब्लडयुरियानाइट्रेट, क्रियटिन, माइक्रो आल्वुमेन्यरोया )

६. खुट्टाको परीक्षण

आफ्नै निगरानी: मधुमेहका रोेगीले आफ्नो ब्लड ग्लुकोज आफैं पनि चेक गर्न सक्छन्। यसका लागि ग्लुकोमिटर भन्ने सुगर चेक गर्ने यन्त्र आवश्यक पर्छ। ग्लुकोमिटर गोजीमा बोकेर हिँड्न सकिने यन्त्र हो। यसले धमनीको भन्दा १०–१५ प्रतिशत बडी रिडिङ दिन्छ। यस विधिद्वारा ग्लुकोज जाँच्न रगतको सानो थोपा काफी छ। यसरी घरमा आफैंले ग्लुकोज मनिटर गर्ने गर्दा औषधिको प्रभाव खानेकुराको रक्त ग्लुकोजमा असर, हाइपो ग्लाइसियमिया कोमा जस्तो इमरजेन्सीको आकलन गर्न सकिने हुँदा सबै मधुमेहका रोगीले ब्लड ग्लुकोजको सेल्फ मनिटरिङका कला सिक्न जरुरी छ।

मधुमेहका हानि र नोक्सानी:  मधुमेह भएकालाई विशेषत मिर्गौला फेलियर, हार्ट एट्याक (हृदयघात), स्ट्रोकप्यारालाइसिस, घाउ निको नहुने, गुप्ताङ्गको इन्फेक्सन, दृष्टिनाश, छालाका रोग, खुट्टामा घाउ हुने, दाँतको समस्या, पुरुषमा नपुंसकतारमहिलामा बाँझोपना, काँधको जोर्नी जाम हुने, नशा नाडीहरुको क्षय भई संवेदनशीलतामा कमी, मानसिक तथा भावनात्मक विकलता, अनिद्रा, यौन क्षमताको ह्रास, अपच, अजीर्ण र कब्जीयत जस्ता रोगले सताइरहन्छ।

लक्षण:  मधुमेह एउटा सुषुप्त रोग भएकाले प्रारम्भिक चरणमा खासै लक्षण देखिँदैनन्। रोग बढ्दै गएपछि धेरै भोक लाग्ने, धेरै तिर्खा लागे, घेरै पिसाव लागे, धेरै थकाई लाग्ने, मानसिक जडता, पेटको गोलाई बढ्ने, डर लाग्ने, बिनाकुनै कारण हल्का रिस उठ्ने, नैराश्यता अनुभव भइराख्ने, कमजोरी महसुस हुने, खुट्टा लुलो हने, योनी चाक र औंलाको काप र स्तनमुनि चिलाउने, छालामा दाद वा घाउ–खटिरा आउने, तौल घट्ने, दृष्टि धुम्मिने, श्वासमा एसिटोनको गन्ध आउने, दम बढ्ने, वाकवाकी लाग्ने, बमन हुने, पेट दुख्ने, प्रतिरक्षा कमजोर हुने, घाउ–चोट चाँडै निको नहुने, पिसाबमा कमिला लाग्ने, गुप्ताङ्ग चिलाउने, तौल घट्दै जाने, छालाको रंग, कान्ति, मोटाइ र सुन्दरता परिवर्तन हुने जस्ता लक्षण देखा पर्छन्।

उपचार: मधुमेहको उपचार अवस्था हेरी औषधि र योग तथा प्रकृतिक चिकित्साद्वारा गर्नुुपर्ने हुुन्छ। योग, प्रकृतिक चिकित्सा, स्वास्थ्य वृतको अभ्यास र पथ–पहरेज जस्ता जीवनशैली परिवर्तनका उपचारले पनि मधुुमेह नियन्त्रणमा अत्यन्त ठूूलो टेवा पुुर्या्उँछ। खाने औषधि र जीवनशैली परिवर्तनले पनि रोग नियन्त्रण नभए इन्सुुलिनको सुुई पनि लिनुुपर्ने हुुन्छ।

कसले लिने इन्सुलिन?  १. मधुमेहले पीडित गर्भवती  २. यदि खाने औषधिले कन्ट्रोल नभएमा ३. मुटुका रोग भएका, हृदयघात भएका, प्यारालाइसिस भएका मधुमेहले आँखा, मिर्गौला, नशा, खुट्टा जस्ता संवेदनशील अंगलाई हानि पुर्याकइसकेको अवस्थामा ४. टायप वान डाइबिटिज र कुपोषणका कारण हुने मधुमेहमा  ५. एडभान्स (झ्यांगिसकेको) मधुमेहमा

मधुमेह रोगमा के खाने ?

फलफूूल : अमला, भुइँ अमला, कागती, सुन्तला, मेवा, काँक्रो, खरबुजा, नास्पाती, बेल, बेलाती, जमुना, फडिर, मौसम र कम मात्रामा स्याउ, स्टबेरी, अंजिर, सिंगडा लिन सकिन्छ। १५० ग्राम फलफूूल दिनमा तीनदेखि पाँच चोटि खाने बानी बसालौं र खानामा पनि भेज—सलाद लिने गरौँ।  सागपात स् लुँडे, लट्टे, बेथे, पालुंगो, मेथी र रायोको साग, तितेकरेला, चुच्चे करेला, फर्सीको मुन्टा, झिंगनी, रामतोरिया, घिरौंला, लौका, भेडे खुर्सानी, सलगम, मुला, हरियो सिमी, बोडी, लसुन तथा प्याजको पत्ता र कडी पत्ता आदि। अन्न दाल गेडागुडी स् रातो चामल, बोक्रासँग पकाएको दाल, गहुँको खस्रो पीठो, दलिया, मकैको च्याख्ला, अाँटो, फापर, कोदो, सामा कागुनी, वा जौको भात वा ढिडो। भुटेको मकै, भटमास, चना, अंकुरित गेडागुडी, ओटमिल, कर्नफ्ल्क्स, ब्राउन ब्रेड।

जुस: करेला, अमला, पालुंगो, लौका, सलगम, कोभी, बन्दाकोभी, एलियोभेरा ९घीउकुमारी० र गहँुंको जमराको जुस।

परहेज गर्नुपर्ने :  गुलिया चिज : मिठाई चकलेट, चिनी, मिस्री, सख्खर हालेका खाद्यान्न, आइसक्रिम तेलमा तारेका परिकार स् सेल, अर्सा, अनर्सा, पत्रे, कुराउनी, गुदपाक, कसार, पुरी, जुलेबी, स्वारी, बर्फी र अन्य मिठाई मीठो गुलियो फलफूल स् केरा, स्याउ, आँप, चुकन्दर, अंगुर, लिची, सरिफा, गाजर, किम्बु, नरिवल, कटहर, भुइँकटहर  कन्दमूल : आलु, पिँडालु, सुठुनी, अखी, ओल, तरुल, सिमल–तरुल, गाजर, चुकन्दर आदि। धेरै नून हालेको र धेरै चिनी हालेको मैदाका परिकार   घीउमा बनेका परिकार  इनर्जी, कार्बोहाइडे्रट र स्विटन्ड ड्रिङ्क बिस्कुट, चाउचाउ, पाउरोटी र चाइनिज फुड जस्ता परिकार, जंक फुड चिया, कफी, मिल्कसेक, माछा, मासु, बोसो आदि