मङ्लबार, बैशाख २५, २०८१

पोखरा महाधिवेशनले सिकाएको पाठ

sandeep-सन्दिपजगं शाह

लामो समय देखिको देश भरीका तरुणको व्यग्र प्रतिक्षा पोखरा महाधिवेशनले पुरा गरेको छ । अर्थात नेपाल तरुणदलको महाधिवेशन सम्पन्न हुनु एउटा लोकतान्त्रिक पार्टीको भातृ संगठन त्यसमा पनि हामी जस्ता जिम्मेवार पदमा रहेका तरुणका लागि खुसिको सञ्चार हो । नेपालको इतिहांसमा प्रजातान्त्रिक आन्दोलनलाई अघि बढाउन नेपाली काँग्रेसका संस्थापक नेताले जसरी देश भरी र खासगरी निर्वासन अनि भारतमा अध्ययनमा गएका जुझारु युवालाई एउटै मालामा गाँसेर तरुण दलको स्थापना गरे त्यसको फलस्वरुप देशमा पटक पटक व्यवस्था परिवर्तन भए । त्यति मात्रै होइन गाउँ घरमा आ आफ्नो हक र अधिकारका विषयमा तरुणहरुले सिंगै समाजको प्रतिनिधित्व समेत गरे ।

पटक पटक देखि सर्दै गरेको महाधिवेशन, विभिन्न जिल्लाका थुप्रै विवाद आ आफ्नो गुटको अस्तित्वको आन्तरीक धु्रविकरण र विवादका वाबजुत नेपाल तरुणदलको महाधिवेशन सम्मपन्न भएको विषय आँफैमा सकारात्मक कदम हो । महाधिवेशनका विधि,प्रक्रिया र केही नीतिगत त्रुटी रहेका सवालमा म पनि असहमत छु तर नयाँ नेतृत्व चयनले यी र यस्ता तपसिलका प्रसंगलाइ सम्बोधन गर्दै संगठनलाई चुस्त दुरुस्त बनाउँदै परिस्कृत गरेर लैजाने छ भन्ने मेरो आशा हो । विभिन्न जिल्लामा रहेका विवाद र महाधिवेशनमा सहभागी हुन नसकेका जिल्लाको विषयमा नयाँ नेतृत्वले विवाद समाधानको पाटोमा ध्यान दिने नै छ भन्ने नेतृत्व प्रतिको हाम्रो भरोषा पनि हो । नेपाल तरुण दल एउटा त्यस्तो संगठन हो जसले जस्तोसुकै परिस्थितिको चुनौतिलाई पार गर्दै अघि बढी रह्यो । स्मरण गराउँ माओवादीको त्यो शसस्त्र युद्ध जतिबेला अन्य दलका कार्यकताहरुलाई घाँटी रेटेर मारिदैं थियो विभिन्न जिल्लामा हाम्रै कैयौं तरुण साथी पनि हत्या गरीयो । त्यो प्रतिकुल अवस्थामा पनि नेपाल तरुण दल जनताको हित र पार्टीको संगठनात्मक गतिविधिमा कहिल्यै पछि हटेन । नेपाल तरुण दल हरेक विषम परिस्थितिमा पनि जनताको अधिकार र पार्टीका नीतिलाई आत्मसाथ गरेर हिंडि रहने जिवन्त संगठन हो ।
यति हुँदा हुँदै पनि पछिल्ला केही वर्षहरुमा हाम्रो माउ पार्टी नेपाली काँग्रेसका आदरणीय नेतृत्व पक्तिंले आफ्ना मान्छेहरु खोज्दै रोज्दै संगठनको जिम्मेवारी दिन र संगठनलाई नीतिगत रुपमा भन्दा गुट र आफ्नो नियन्त्रणमा राख्ने अभ्यास भइरहेकाछन यसले संगठनको हितगर्न सक्दैन न त पार्टीको अनि जनताकै ।
पार्टीको नेतृत्व पक्तिंले संगठनलाई आफ्नो ग्रिपमा राखेर आन्तरीक शक्तिको लेखाजोखमा मात्रै राखे भने भोलिका दिनहरुमा संठन र पार्टीको मूख्य लाइनभन्दा तरुण युवा फरक बाटोमा जान बाध्य हुनेछन भन्ने विषयलाई नेतृत्वले बुझन जरुरी छ । हाम्रै पार्टीको नेतृत्वमा देशमा जारी भएको नयाँ संविधान कार्यान्वयन सँग सँगै आगामि दिनहरुमा हुने विभिन्न तहका निर्वाचण लगाएतका विषयमा तरुण युवाको सहभागीता संगठनात्मक ढगंले हुन जरुरी छ ।
भर्खरै मात्र पोखरामा सम्पन्न महाधिवेशनका दौरान नेतृत्व पीक्तंको आ आफ्नै दावी र शक्ति संघर्षको राम्रै नमुना देखियो आशा गरौं अबका दिनमा हाम्रो संगठन विधि, प्रक्रिया र नीतिगत रुपमा अघि बढोस । देशको प्रमुख एउटा लोकतान्त्रिक पार्टीको विश्वास जनतामाझ अझैं कायम राख्ने चुनौति त छँदै छ अर्कातर्फ संगठनलाई संगठनात्मक ढाँचा र प्रक्रियामा अघि बढाउन तेतृत्वलाई पनि तयार रहन हामी जस्ता देशभरीका तरणको आग्रह छ । अन्तमा पोखरा महाधिवेशनले जे जस्तो पाठ सिकाएको भएपनि संगठनभित्र बाटै नेतृत्व खोज्न परिपाटीको विकास गर्न सके संगठन प्रतिको लगाव र प्रतिवद्धता अविछिन्न कायम रहनेछ भन्ने हाम्रो विश्वास हो ।

(शाह- तरुण दल बाँके नेपालगन्ज उप महानगरका सभापति हुुनुहुन्छ । )

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031