आइतवार, बैशाख १६, २०८१

कोइराला स्मृति पत्रकारिता पुरस्कार कोष स्थापना

काठमाडौं कात्तिक २६,  नेपाल प्रेस युनियन बाँकले पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्वसभापति स्व :सुशील कोइरालाको स्मृतिमा ‘सुशील कोइराला sk स्मृति पत्रकारिता पुरस्कार कोष’ स्थापना गरिएको छ ।

कोषस्थापनाको लागि बाँके जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद अब्दुलहमिद सिद्धिकीको सांसद विकास कोषबाट रु दुई लाख उपलब्ध गराउनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । संविधान कार्यान्वयन र लोकतन्त्रलाई संस्थागत गर्न टेवा पु-याउने खालका समाचार तथा लेख सामग्री प्रकाशन तथा प्रसारण गर्ने सञ्चारकर्मीलाई प्रत्येक वर्ष यो पुरस्कारबाट सम्मानित गरिन युनियन बाँकले जनाएको छ ।