आइतवार, बैशाख ३०, २०८१

पत्रकार रानामगरलाई तत्काल रिहा गर्न माग

काठमाडौं मार्ग ५, समाचारको विषयलाई लिएर सोलुखुम्बु अनलाइनका पत्रकार महेश रानामगरलाई चितवन प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार press-release-5-mansirमहासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव उजिर मगरद्दारा आज जारी प्रेस विज्ञप्तिमा चितवनका जीवन थापा र जोयाका विषयमा समाचार लेखेको निहुँमा पत्रकार रानामगरलाई गत मार्ग ३ गते प्रहरीले पक्राउ गरी चितवन प्रहरी कार्यालयको हिरासतमा राखेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा प्रकाशित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसको कानुनी उपचारको विकल्प हुँदाहुँदै पत्रकारलाई पक्राउ गरिएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाउँदै   महासंघले पत्रकार पक्राउको घोर निन्दा गर्दै पत्रकार रानामगरलाई तत्काल रिहा गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031