मङ्लबार, जेष्ठ १, २०८१

संबिधानको कार्यान्वयनमा गम्भीर भएर लाग्न युनियनको आग्रह

-पत्रकारको न्युनत्तम पारिश्रमिक लागू हुन नसकेको अवस्थाप्रति युनियनको गम्भिर ध्यानाकर्षण
-पत्रकार महासंघ  नेतृत्वले भुमिका प्रभावकारी नभएको भन्दै असुन्तुष्टि प्रकट
– अनलाइन निर्देशिका खारेजीको जोडदार माग
-महासंघप्रति आमसञ्चारकर्मीको बिश्वासमा आँच पुर्याउने गतिबिधी तत्काल वन्द गर्न महासंघ नेतृत्वलाई आग्रह
-न्युनत्तम पारिश्रमिक लागू गराउन युनियनले देशव्यापी दवावमूलक कार्यक्रमको आयोज गर्ने

काठमाडौं मार्ग ५ , लोकतन्त्रवादी श्रमजिवी पत्रकारहरुको पेसागत ५ औं बैठकले लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा श्रमजीवि पत्रकारका ब्यवसायिक मुद्धा तथा समसामयिक बिषयमा गहन छलफल सहित विविध नितिगत निणर्य गरेको छ ।  युनियनका अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा सम्पन्न उक्त बैठकले संबिधानको सफल कार्यान्वयन विना लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकार, मौलिक हकको भबिष्य सुरक्षित रहन नसक्ने निष्कर्ष सहित संबिधानको कार्यान्वयनमा गम्भीर भएर लाग्न नेपाल सरकार सहित संसदमा रहेका सम्पूर्ण राजनीतिक दललाई आग्रह गरेको छ ।

ccm-meeting-press-reakese-2073-8-5-1त्यस्तै बैठकले अधिकांश सञ्चार माध्यममा अहिले पनि सरकारले पत्रकारको लागि तोकेको न्युनत्तम पारिश्रमिक लागू हुन नसकेको अवस्थाप्रति युनियनको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै नेपाल सरकारसँग कार्यान्वयनको पक्षमा निर्देशनात्मक अनुगमनको लागि अनुरोध गर्नुको अलावा । न्युनतम पारिश्रमिक लागू गराउने सन्दर्भमा नेपाल पत्रकार महासंघका नेतृत्वले निर्वाह गर्नुपर्ने भुमिका प्रभावकारी नभएको भन्दै असुन्तुष्टि प्रकट गर्दै समग्र श्रमजिवी पत्रकारहरुको हकहितकामा गम्भीर भएर  उभिनुपर्ने नेपाल पत्रकार महासंघको निरिहताले हामीलाई झस्काएको उल्लेख गर्दै न्युनत्तम पारिश्रमिक लागू गराउन युनियनले देशव्यापी दवावमूलक कार्यक्रमको आयोजना  गर्ने  महासचिव अजयवावु सिवाकोटीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा आमसञ्चारनीति सार्वजनिक गर्ने बेलामा यसलाई परिमार्जन गर्नुपर्ने हाम्रो धारणा कायमनै रहेको बताउँदै अनलाइन सञ्चारमाध्यमलाइ अंकुश लगाउन ल्याइएको अनलाइन निर्देशिका खारेजीको जोडदार माग गरेको छ । त्यस्तैगरि नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको भूमिका र गतिबिधीका बिषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यििनयनले पत्रकार महासंघको नेतृत्वले संसोधित बिधान कार्यान्वयन, साधारण सदस्यता नविकरण तथा नयाँ सदस्यता दिने र शुद्धिकरणका नाममा पूर्वाग्रही ढंगबाट सदस्यता हटाउने कार्यप्रति आपत्ती प्रकट गर्दै महासंघको विभिन्न जिल्लामा भएका तालावन्दी र अन्य समस्या तत्काल समाधान गरि महासंघप्रति आमसञ्चारकर्मीको बिश्वासमा आँच पुर्याउने गतिबिधी तत्काल वन्द गर्न महासंघ नेतृत्वलाई आग्रह गरेको छ । गर्दछौ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031