शुक्रबार, बैशाख १४, २०८१

महानगरपालिकाको विद्यमान संरचनामा नया आयाम थप्दै भव्य र सभ्य बनाउँन लागिपरेका छौं :

 कार्यकारी अधिकृत तामाङ

जनप्रतिनिधी विहिन भएको लामो कालखण्डपछि काठमाडौं महानगरपालिकाले माहानगरवासीको भावना अनुरुपका केहि महत्वपूर्ण विकासका ठोस योजना अघि सारेको छ । अघि सारिएकामध्ये केही मात्रै योजना पूरा भए पनि अनुभव गर्न सकिने गरी महानगरपालिकाको विद्यमान संरचनामा नया आयाम थपिने पक्षमा कुनै गुन्जाएस रहदैन । त्यस्तै अन्तर्राष्ट्रिय जगतले नेपालप्रतिको धारणा बनाउने पनि महानगरपालिका अवलोकनबाटै हो । त्यसैले अबको महानगरपालिका भव्य र सभ्य दुवै हुनु नितान्त आवश्यक महसुस गरेरनै पछिल्लो समय महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङको नेतृत्वमा महानगरलाइ ‘पेपरलेस’ प्रणालीमा लैजान ‘डिजिटल सिग्नेचरको प्रविधि कार्यान्वयनमा ल्याइसकेका छन । यस क्रममा नक्सा पास गर्ने काम अनलाइनबाट सुरु भइसकेको छ । त्यस्तै जनशक्तिको विकासलाइ पनि महत्वपूर्ण पाटो मान्दै महानगरपालिकाका कर्मचारीमा सकारात्मक सोच विकास गर्न लक्ष्य अनुरुप विभिन्न विधागत तालिमको सञ्चालन देखि विभिन्न सरोकारवाला निकायसंगको सहकार्यमा भौतिक विकासका कार्य समेत सम्पादन गर्दै आइरहेको छ ।

यसअन्तर्गत राजधानीका विभिन्न सडकको विस्तार मर्मत संगसंगै बालाजुलाई ‘बोटानिकल रिक्रिएसन’ सेन्टरका रूपमा विकास गर्ने देखि लिएर शंखपार्कलाई व्यवस्थित गर्ने त्यस्तै हरियाली प्रवद्र्धन का लागि आवश्यक का मगर्ने मात्र नभएर नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउनेतर्फ समेत काम सुरु गरिसकेका छन । पब्लिक प्राइबेट पार्टनरसिप पिपिपी मोडेलका रूपमा विभिन्न क्षेत्रमा थप नयाँ पार्किस्थलको विकासका लागि अध्ययन सहितको स्पष्ट योजना कार्यान्वगनयन गर्ने पक्षमा कामपा लागि परेको छ ।

anup_20160112_24साथै मेट्रो टेलिभिजन र मेट्रो हस्पिटलको समेत सञ्चालन गर्ने योजना बनाउँदै गरेको महानगरपालिकाले एकीकृत विकासको अवधारणा कार्यान्वयनमा विशेष जोड दिदै आएको छ सहरको विकास भए मात्रै राजधानीको विकास हुन्छ भन्ने मान्यताका अगाडि बढेको महानगरपालिकाका कार्यकारी अधिकृत तामाङले हामीसंगको कुराकानीको दौरान दावाका साथ भने स्वदेशी तथा विदेशी निकायको सहयोगमा कतिपय योजना कार्यान्वयनमा आइसकेका छन् भने केही कार्यान्वयनका क्रममा छन् । जुन योजनाको कार्यान्वयनबाट महानगर वास्तविकरुपमानै महानगर बन्ने बताए । यहि प्रसंगमा माहानगरवासीहरुमाझ जुझारु , प्रष्ट वक्ता र विकासप्रेमी कार्यकारी अधिकृतको पहिचान बनाउँन सफल व्यक्तित्वरुद्रसिंह तामाङसग थप अन्य  विविध सवालमा समेत  गरिएको भिडियोवार्ता यहाँ प्रस्तुत गरिएको छ ।