मङ्लबार, अशोज १६, २०८०

व्यावसायिक हकहित र सुरक्षाका लागि केन्द्रीय अध्यक्षमा मेरो उम्मेदवारी : प्रकाश : खण्डेलवाल

काठमाडौ भाद्र १९,
नेपाली औषधि बजारमा विगत चार दशक भन्दा लामो समयदेखि अविराम क्रियाशील औषधि व्यवसायी प्रकाश खण्डेलवाल यस क्षेत्रका लागि भिष्म पितामहका रुपमा परिचित रहेका छन ।

औषधि व्यवसायका क्षेत्रमा प्रतिष्ठित र पुरानो संरचना नेपाल औषधि व्यवसायी संघको आगामी भाद्र २२ गते विरगञ्जमा हुने १४ औं राष्ट्रिय अधिवेशन मार्फत संघको केन्द्रीय नेतृत्वको सशक्त दावेदार समेत रहेका खण्डेलवाल निर्वाचनमार्फत नेतृत्वमा पुग्ने पक्षमा शतप्रतिशत विस्वस्त रहेका छन ।

मौजुदा केन्द्रीय समितिमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आइरहेका खण्डेवाल सबै अट्ने सबै खट्ने अवधारणा सहितको मुल मर्म वोक्दै निर्वाचनको मैदानमा होमिएका छन ।

अध्यक्ष्को उम्मेदवारीको चुनावी चटारोमा रहेका खण्डेवालले हामीसंग संक्षिप्त कुराकानी गर्दै पछिल्लो समय औषधि बजारमा विद्यमान अस्वस्थ्य प्रतिस्पर्धासंगै समय सापेक्ष रुपमा राज्यले व्यवसाय र व्यवसायी मैत्री कानुनको तर्जुमा गर्न नसक्दा व्यवसायीक क्षेत्र दिनानुदिन संकट ग्रस्त बन्दै गएको बताए ।

करिव देढदशक भन्दा लामो समय संगठन सञ्चालनको क्रममा विभिन्न जिम्मेवारी सहित परिपक्कको अनुभवले खारिदैँ अध्यक्षका उम्मेदवारी दिएको बताउने प्रकाश कुमार खण्डेवालले औषधि व्यवसायीका व्यावहारिक समस्याका जानकार नेतृत्व सहित संघको विगतमा कायम रहेको साखको संरक्षण आजको आवश्यकता भएको बताउँनुभयो ।

त्यस्तै मानिसको जीवन–मरणसँग सरोकार राख्ने औषधि व्यवसाय अन्य व्यवसायभन्दा फरक प्रकृतिको व्यवसाय भएको भन्दै उहाँले जसले यो व्यवसाय अँगालेको छ वा अँगाल्ने योजना बनाएका छन ती व्यवसायीले पहिले सेवाभावलाइ आत्मासात गर्दै मुनाफा आर्जनलाइ दोस्रो प्राथमिकतामा राख्दै प्रतिष्ठित एवम् मर्यादित रुपमा क्रियाशील हुनुपर्ने जिकिर गरेका छन ।

त्यस्तै नेपाली औषधि बजारमा पछिल्लो समय दर्ता भएका भन्दा नभएका औषधि व्यवसायीको बाहुल्य बड्दो रहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले व्यावसायिक हकहित र सुरक्षाका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।

साथै चार पुस्तादेखि निरन्तर यस व्यवसायमा संग्लग्न खण्डेवालले आफ्नो उम्मेदवारीको प्रस्टिकरण दिने क्रममा उहाँले भने संस्थाको संस्थागत विकासका लागि आफु निर्वाचित भएसंगै विषयगत समिति बनाउँदै आर्थिक स्वालम्वनका कार्यक्रमको कार्यान्वयन, केन्द्रीय सूचना प्रणालीको व्यवस्थापन सहित औषधि बजारमा विद्यमान माग भन्दा बढि रहेको अस्वस्थ्य प्रतिस्पर्धा अन्र्तगत ओभर डम्पिङ्ग र ओभर सप्लाइको समस्या समाधानका लागि निति अध्ययन समिति बनाउँनु रहेको  बताए ।

त्यस्तै अवका दिनमा क्न्टायाक्ट मैन्युफैक्चरिंग अवधारण सहितको पूर्वाधार विकास, छात्रवृद्धि कोषको स्थापना , समान उद्देश्य रहेको संघको सहकार्यमा महासंघको अवधारणाको कार्यान्वयन , विपद व्यस्थापन कोषको स्थापना र दक्ष जनशक्तिको विकासका लागि प्रशिक्षणसंगै व्यावसायिक हकहित र सुरक्षालगायतका विषयमा आफ्नो    आफ्नो ध्यान केन्द्रीत हुने बताउँदै महाधिवेशनमा मताधिकार प्राप्त दुइ समय पाँच मतदातासंगै तमाम  औषधि व्यवसायीलाइ सहयोग गर्नका लागि आग्रह गर्नुभयो । वार्तामा आधारित

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031