सोमवार, बैशाख ३१, २०८१

एसिया कप: नेपालले दियो भारतलाई २३१ रनको टार्गेट

काठमाडौ भाद्र १८,
एसिया कप अन्र्तगत आज भएको नेपाल र भारतवीचको खेलमा नेपालले भारतलाई २३१ रनको टार्गेट दिएका छन। टस हारेर पहिला ब्याटिङ गरेका नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै  दुई सय ३० रन बनाउँदै  २३१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतक सहित ८ चौकाको सहयोगमा ५८ रनको योगदान गर्दैगर्दा सोमपाल कामी ४८ ,कुशल भुर्तेलले  ३८ रनको योगदान गरेका थिए । त्यस्तै कुशल मल्ल २ रनमा आउट हुँदैगर्दा दीपेन्द्रसिंह ऐरीले २९, गुल्सन झाले २३ ,सन्दीप लामिछानेले ९, भीम सार्कीले ७, कप्तान रोहित पौडेलले ५ , कुशल मल्ल २ र करण केसीले २ रन बनाए रन जोडेको हो ।

यसअघि उद्घाटन खेलमा आयोजक पाकिस्तानसंग दुई सय ३८ रनले पराजित नेपालको लागि विश्वविजेता भारतसँगको भिडन्त पक्कै पनि सहज छैन। तथापी आजको खेलमा जित हार जे भएपनि नेपाली खेलाडीले आफ्नो साख भने राख्न सफल भएका छन ।