सोमवार, जेष्ठ ७, २०८१

लेखा अधिकृत कार्कीविरुद्ध चार करोड ६७ लाख ३८ हजार भ्रष्टाचारको मुद्दा दायर

काठमाडौ भाद्र १८,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज जलस्रोत अनुसन्धान विकास केन्द्र,ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीविरुद्ध चार करोड ६७ लाख ३८ हजार ७८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले कार्कीले आफ्नो पदको दुरुपयोग गरी सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५३ जेठ १७ देखि २०७९ मङ्सिर २८ गतेसम्मको जाँच अवधिमा समग्र आय र व्ययको विश्लेषण सहित निजले भ्रष्टाचार गरेको निष्कर्ष सहित मुद्धा दायर गरेको हो ।

त्यस्तै आयोगले निजको वैध सम्पति  एक करोड आठ लाख ४८ हजार ५९० रुपियाँ देखिएको र सो अवधिमा निजको खर्च तथा लगानी, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, अध्ययन खर्च, सवारी साधन खरिद, विभिन्न कम्पनीहरूको शेयर खरिद, घर बहाल गरी पाँच करोड ७५ लाख ८७ हजार ३७० रुपियाँ व्यय देखिएको जनाएके छ।

 सिर्जित आयबाट व्यय घटाउँदा चार करोड ६७ लाख ३८ हजार ७८० बिगो रकमसहित भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना जफतको माग दाबी सहित काकीृको श्रीमती उर्मिला थापा कार्कीलाई पनि प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफतको मागदावी सहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031