सोमवार, जेष्ठ ७, २०८१

विश्वासको मत प्रकरण: कोशी प्रदेश सरकारविरूद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

काठमाडौ भाद्र १८,
कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत प्रक्रियाविरुद्ध परेको रिट उपर आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुरू भएको सुनुवाइ सुनुवाइ ‘हेर्दाहेर्दै’ मा सकिएकोछ ।    न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा आजदेखि निरन्तर सुनुवाइ शुरु भएको हो । मुद्धाको अर्को सुनवाइ मंगलवार हुने भएको छ ।

मुख्यमन्त्री थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको जिकिर सहित एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले गत भाद्र ६ मा रिट दायर दायर गरेका थिए । त्यस्तै दायर रिट निवेदनमा सभामुखको भूमिकामा रहेका व्यक्तिले बराबर भएको अवस्थामा बाहेक अन्य अवस्थामा मतदान गर्न नमिल्ने व्यवस्थाको वर्खिलाप मुख्यमन्त्री थापाले विश्वासको मत पारितका लागि आवश्यक ४७ सदस्यको समर्थन लिने क्रममा बैठकको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले मतदान गरेका दाबी गरिएको छ ।

 यसअघि उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले थापाको इजलासले प्रदेश सरकारलाइ दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश दिएका थिए ।  

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031