सोमवार, जेष्ठ ७, २०८१

सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्न जिल्ला प्रशासनको आग्रह

काठमाडौ भाद्र १८,
जिल्ला प्रशासन कार्यालय काठमाडौले आज एक विज्ञप्ति जारी गर्दै लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान छन भन्ने कुरा स्थापित रहेको उल्लेख गर्दै प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधि नियन्त्रण र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा सार्वजनिक बिदाका दिनमा सरकारी सवारीसाधनको निगरानी जिल्ला प्रशासन कार्यालयहरुमार्फत हुँदै आएको उल्लेख गर्दै बिदाका दिनमा सरकारी सवारीसाधन प्रयोग गर्नुपर्दा पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था रहेको जिकिर सहित असल मनसायले भएका काममा बाधा नपुर्याउन आग्रह समेत गरिएको छ ।

त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले जारी विज्ञप्तिमा राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा विचार व्यक्त भएको ठहर सहित विज्ञप्तिमा आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा अवरोध नपुयाउनु हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यवाजी नगर्नु र नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ विज्ञप्तिमा भनिएको छ ।

 यसैविच जिल्ला प्रशासन कार्यालको विज्ञप्ति महानगरका प्रमुख साहको सचिवालयले आइतवार आफ्नो स्वास्थ्य परीक्षण र एनआईसीयूमा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा सवारी चेकजाँचको क्रममा मेयर पत्नीमाथि मानवीय संवेदनशीलताको ख्याल नराखी ७ मिनेटसम्म सडक किनारामा राखि ट्राफिक प्रहरीद्वारा ‘सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी ढोका खोल, के हो रु कहाँ हो रु यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार महानगर प्रमुख साहका सुत्केरी श्रीमती सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको जिकिर केन्द्रीत रहेको सहजै बुझ्न सकिन्छ ।

सार्वजनिक बिदाका दिन काठमाडौं महानगरपालिकाको गाडीलाई प्रहरीले रोकेपछि महानगर प्रमुख बालेन्द्रले शनिबार सामाजिक सञ्जालमा निकै  आक्रमक एव् उत्तेजक अभिव्यक्ति सहित महानगरको कुनै पनि गाडी रोकेमा मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाइदिने धम्की सहित सरकारलाई समेत ‘चोर’को संज्ञा दिदै लेखेको स्टाटसले सिर्जित तरंगपछि महानगर प्रमुख साहको सचिवालयका तर्फबाट स्वकीय सचिवले विज्ञप्तिमार्फत घटनाको विषयमा प्रष्टिकरण दिएका थिए ।

सचिलावलय आफ्नो प्रष्टिकरणमा प्रशव पीडा र शारीरिक समस्यामा एवं नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित मेयरपत्नीमाथि प्रहरीबाट गरिएको व्यवहार असभ्य र खेदजनक रहेको भन्दै प्रहरीको सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ रहेको जिकिर गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031