सोमवार, जेष्ठ ७, २०८१

हेलो सरकार: प्राप्त गुनासो सम्बोधनका लागि प्रधानमन्त्रीको निर्देशन ,२४ घण्टाभित्रै सम्बोधन

काठमाडौ भाद्र १८,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतवारबाट २४ घण्टे सेवा विस्तार सहित सञ्चालनमा आएको हेलो सरकार नागरिक पोर्टल मार्फत दोलखा जिल्लाको बिगु गाउँपालिकाको वडा नं.४ सिंगटीमा मानव बस्तीभन्दा माथि रहेको ठूलो ढुंगोका कारण ३२ घरधुरी जोखिममा परेको गुनासो सम्बोधनका लागि रक्षा सचिव किरणराज पौडेललाई निर्देशन दिनुभएको छ ।

 प्रधानमन्त्रीको निर्देशनसंगै नेपाली सेनाको टोली सिंगटीमा पुगेर सोमबार बिहानैदेखि कार्यप्रारम्भ गरेको रक्षासचिव पौडेलले जानकारी दिनुभयो।  पौडेलका अनुसार बस्तीमाथि रहेको ढुंगो बिस्फोट गरी हटाउने कार्य सुरू गरिएको र उक्त कार्यक्रम सम्पन्न गर्न एक हप्ता जति समय लाग्ने बताउदै ढुंगो निकै ठूलो छ, एकैपटक बिस्फोट गर्दा ढुंगाले बस्तीमा असर पर्न सक्छ। त्यसैले बस्तीलाई असर नपर्नेगरि ढुंगो हटाउने कार्य भइरहेको बताउनुभयो ।

 आइतबार हेलो सरकारको २४ सै घण्टा सेवा शुभारम्भ गर्ने कार्यक्रममा दोलखाका सेवाग्राहीले बस्तीमाथि पहिरो आई ठूलो ढुंगो अड्किएर बसेको र सो ढुंगाको कारण ३२ घरधुरी बिस्थापित हुनुका साथै सरकारी संरचनाहरूसमेत जोखिममा रहेको गुनासो हेलो सरकारमार्फत टिपाएका थिए ।