शुक्रबार, चैत्र १६, २०८०

ॐकार परिवारको भावना र धर्ममाथिको वलात हस्तक्षेप विरुद्ध महासम्मेलन

 : अस्मिता भण्डारी (सचिव)अन्र्तराष्ट्रिय च्याप्टर तथा क्रियाशील सञ्चारकर्मी

काठमाडौं श्रावण २०, २०३७ सालमा आयोजित पहिलो विराट हिन्दू महासम्मेलनबाट अस्तित्वमा आएको हिन्दूहरुको सर्वोच्च संस्था विश्व हिन्दू महासंघले मुलुकमा यो वा त्यो वहानामा प्रत्यक्ष वा परोक्ष रुपमा केहि समययता देखि हुँदै आएको धर्ममाथिको वलात हस्तक्षेप सहित षडयन्त्रमय ढङगबाट ९४ प्रतिशत हिन्दूहरुको मनोभावमाथि प्रहार गर्दै गरिएको धर्म निरपेक्षताको घोषणा प्रति विमति जाहेर गर्दै पुन मुलुकलाइ हिन्दू अधिराज्य घोषणा गर्न माग गरेको छ ।
ॐकार परिवारको उद्गमस्थल भगवान गौतमबुद्धको जन्मस्थल आराध्यदेव पशुपतिनाथ विराजमान भएको पवित्रभूमि त्यस्तै माता जानकीको जन्मस्थको गरिमालाइ कायम राख्ने लक्ष्य सहित धर्ममाथिको नियोजित प्रहार विरुद्ध आवाज बुलन्द गर्न महासंघले आगामी कार्तिक ४ गते देखि ६ गतेसम्म राजधानीमा तेस्रो वृहत अन्र्तराष्ट्रिय विश्व हिन्दू महासम्मेलनको आयोजना गर्ने भएको छ ।
महासम्मेलनमा ॐकार परिवार अन्र्तगत धर्मगुरु शंकराचार्य ओमकार परिवार देश विदेशका धार्मिक संघसंस्थाका प्रतिनिधी तथा साधुसन्त, महन्त ऋषि, महऋर्षि सहित ख्याति प्राप्त धर्मवेत्ता तथा मुलुकका विभिन्न दलका राजनेता लगायत विभिन्न मुलुकका राजदुतको समेत उपस्थितीमा धार्मिक क्षेत्रमा हुँदै आएको हस्तक्षेप विरुद्ध हिन्दू समाजले अवलम्वन गर्नेपर्ने मार्गदर्शन, आचारसहिताको सवालमा प्रभावकारी निर्णय लिदै बढ्दो गौ हत्या र धर्म परिवर्तनको श्रृखलालाइ निस्तेज तुल्याउँदै वशु धैव कुटुम्वकमको उच्च भावलाइ चरितार्थ गर्दै हिन्दू अधिराज्य नेपालको सर्वाङिगण विकासको अवधारणा कार्यान्वयन गर्दै यहाँ धार्मिक स्थिरता कायम गर्न आवश्यक ८ बुँदे लक्ष्य प्राप्तिलाइ आफ्नो रोडम्याप स्वीकार गरिएको छ ।
साथै लोकतान्त्रिक मुलुकमा जसरी लोकमतको अनादर गर्दै नियोजित एवम् बदनियत रुपमा राज्यसत्ताले हिन्दूधर्ममाथि देखाउँदै आएको घातक चरित्रले नेपालको मात्र नभइ विश्वका असख्य हिन्दूहरुको भावनामाथि ठेस पुगेको अवस्थालाइ आत्मासात गर्दै हुन गइरहेको विश्व हिन्दू महासम्मेलनको आवश्यकता औचित्य लगायतका प्रसंगमा केन्द्रीत रहेर www.kantipurhotline.com को समसामायिक वार्ता अन्र्तगत महासंघका अन्र्तराष्ट्रिय च्याप्टरका सचिव तथा क्रियाशील सञ्चारकर्मी अस्मिता भण्डारीसंग गरिएको विचारोत्तेजक कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।