बिहिबार, चैत्र १५, २०८०

सो कल्ड बाम शक्ति भन्दा लोकतान्त्रिक शक्तिले नै दाङ्गलाई सहि रुपमा नेतृत्व दिएको इतिहांस छ

   :  केशव आचार्य, (आसन्न उपनिर्वाचनमा दाङ्गको क्षेत्र नं.३ ख प्रदेशको उम्मेवारका लागि सिफारीस नेता)

काठमाडौं कार्तिक ७ , आगामी मंसिर १४ गते प्रदेश सभाको उप निर्वाचनको चर्चा चुलिएसँगै राजनीतिक दलहरुले आ – आफ्ना  उम्मेदवार छनौट प्रक्रिया अघि बढाएका छन् । यसै क्रममा नेकपाका प्रदेश सभा सदस्य उत्तर कुमार वलीको सडक दुर्घटनामा ज्यान गएपछि रिक्त रहेको  दाङ्ग क्षेत्र नं. ३ ख मा   हुने उप निर्वाचनमा दाङ्गको क्षेत्र नं. ३ ख प्रदेशका लागि सबै पार्टीले आ – आफ्ना  उम्मेदवार सिफारिस गर्ने काम गरिरहादा दाङ्ग  काँग्रेसले पनि उम्मेदवारका लागी नाम सिफारिस गरेको छ । यसरी  सिफारीस  भएका  नाममध्ये   २०३५ सालमा नेपाल विद्यार्थी संघको विदेश क्षेत्र वणारस सदस्य भई बिपी कोइरालाको सानिध्यतामा काम गरेको दाङ्ग जिल्लामा लोकप्रिय जनतामाझ लोकप्रिय रहेका नेता  केशव आचार्यको पनि नाम सिफारीस भएका छन ।

त्यस्तै दाङ्ग जिल्लामा लोकप्रिय नेताका रुपमा  कार्यकर्ता र जनताको बीचमा घुलमिल भइरहने स्वभावका केशव राज शर्मा आचार्यको नाम उम्मेद्वारको रुपमा सिफारीस भएसँगै जिल्ला र केन्द्रमा उनको विषयमा चर्चा चल्न थालेका छन । । ब्यक्तिगत स्वार्थ भन्दा पार्टी,पार्टी भन्दा पनि देशमा लोकतन्त्र स्थापनाका लागी संघर्ष गरीरहको ब्यक्तिलाई उम्म्दवार बनाए न्याय हुने काँग्रेसका अधिकाशं नेता तथा कार्यकर्ताको राय बनेको बुझिन्छ । उनै लोकप्रिय दागांली नेता केशव राज शर्मा आचार्यसँग कान्तिपुर हटलाइनले गरेको संवादको सम्पादित केही अशं :

प्रसंग सोझै उपचुनाव तिर जोडौं जिल्लामा चुनाव हुँदै गर्दा नेपाली काँग्रेसले कस्तो तयारी गर्दै छ नि ?
हामी पार्टीको केन्द्रीय नेतृत्वको निर्देशन पर्खिरहेका छौं ।

यसअघि काँग्रेसले चुनावमा पराजित भएको  क्षेत्र हो   त्यो, अब चुनाव जित्ने आधारहरु के छन् ?
हामीले उतिबेला जनतालाई सम्झाउन सकेका थियनौं, तर अहिले जनताले बुझिसकेका छन् कि साँच्चिकै नेपाली काँग्रेसले नै यो देशको नेतृत्व गर्दा जनतालाई सहज जीवन यापनमा मद्दत मिल्छ । काँग्रेसको नीति नै हाम्रो चुनाव जित्ने मूल आधार हो । बाँकि विकास निर्माण र समावेसी लोकतन्त्र हाम्रो मार्ग दर्शन र यहि दर्शननै नै चुनाव जित्ने आधार हुन् ।

सहज जीवन भन्नाले के इंगीत गर्न खोज्नु भएको हो ? के अहिले जनताको दैनिकी कष्टपूर्ण छ र ?
समग्रमा देश नै अस्त ब्यस्त छ । तपाई सञ्चारकर्मी हामी भन्दा धेरै जानकार हुनुहुन्छ नि यो विषयमा त । हामी लामो समय द्धन्द्धको चपेटामा परेको क्षेत्रका वासिन्दा हौं । न्याय र कानुनी ब्यवस्था धमिलिएको छ । विकास निर्माणका काममा चरम लापरवाही र भ्रष्टाचार भएकाछन् । विभिन्न वहानामा जनता माथि कर लाड्ने काम भएको छ । त्यसैले जनजीवन सहज छैन् । स्थानीय तहको निर्वाचन पछी सत्तारुढ दलका मानिस विधि र प्रक्रिया भन्दा दम्भ देखाउँथै जनतालाई त्रासमा राख्न खोज्दैछन् । यो अवस्थाले लोकतन्त्र कमजोर हुँदैछ त्यसैले जीवन सहज छैन भन्न खोजेको हुँ ।

दाङ्ग राजनीतिक सोंचका रुपमा अहिले कुन अवस्थामा छ त ?
निकै नै महत्वपुर्ण प्रश्न हो यो । हामी लोकतान्त्रिक शक्ति दगांली जनताको आकाक्षां र भरोषालाई सहि रुपमा सम्बोधन गर्न सक्छौं । खासगरी सो कल्ड बाम शक्ति भन्दा लोकतान्त्रिक शक्तिले नै दाङ्गलाई सहि रुपमा नेतृत्व दिएको हाम्रो इतिहांस छ । परिस्थितिले केही कालखण्डमा हाम्रा विषयगत एजेन्दा अन्यौलमा परे जनतालाई बुझाउनुमा कमी कमजोरी भए पनि अहिले दगांली जनताको राजनीतिक सोंचमा गुणात्मक विकास भएको छ । सामाजिक, न्यायीक र आर्थिक क्षेत्रमा जनता जागरुक छन् । हामी समावेशी लोकतन्त्रलाई अघि बढाउन सक्रिय छौं ।

पार्टीको संगठनमा लामो समय विताउनु भयो अहिले त्यो पनि उप चुनावमा उम्मेद्वार बन्ने आकांक्षा किन ?
ठिक कुरा सोध्नुभयो । म आन्दोलन र संघर्षको मोर्चाबाट जन्मिएको काँग्रेसको त्यो कार्यकर्ता हुँ जस्ले अप्ठेरो परिस्थितिमा पार्टीलाई अघि बढाउन सधैं जिम्मेवार भएर उपस्थिति जनाउँछु । रह्यो कुरा उम्मेद्वारीको यो विषयमा पार्टीका जिल्लाका साथी र केन्द्रीय तहको निर्णय अनुसार म अघि बढ्ने छु । पार्टीले जुन तहको जहाँ सुकै जिम्मेवारी दिन्छ त्यसमा म सधैं खरो रुपमा उत्रने मेरो स्वभाव हो ।

नेकपाका उम्मेदवारले जितेको क्षेत्र,  यो अवस्थामा चुनाव जित्न सकिन्छ त ?
यदि स्वतन्त्र रुपमा चुनाव भयो भने पक्कै जितिन्छ । त्यसको मुल कारण जनताले केन्द्रको सो कल्ड बाम सरकार र उही प्रकृतिको प्रदेशको सरकार र कतिपय स्थानीय तहका त्यही नीतिका सरकारको गतिविधिको मुल्याकंन गर्नेछन् । अहिले यति मात्रै भनुँ ।

चुनाव जित्ने तपाँईका योजना के के छन नि ?
अहिले नै म उम्मेद्वार भइसकेको छैन । तर मसँग पश्चिम दागंको विकासको स्पष्ट खाका छ । मैलै तत्कालीन अवस्थामा जिल्ला विकास समितिमा सदस्यका रुपमा काम गर्दा होस वा वडा अध्यक्ष भएर काम गर्दा होस विकास, न्याय, कानुनी व्यवस्था अनि जनसरोकारका अन्य विभिन्न पक्षलाई सम्बोधन गर्दै काम गरेको थिएँ । समय आएमा त्यो पनि सार्वजनिक गर्ने नै छु ।

दाङ्गंमा यहाँको पार्टीले गुमाएको साख जोगाउन सहज छ त ?
साख गुमेको होइन, चुनाव हारेका मात्रै हौं । मत प्रतिशतलाई हेर्ने हो भने हामी त्यति खराव स्थितिमा होइनौं । म फेरी पनि भन्छु हामीले जनतालाई कुरा नबुझाउन नसकेको मात्रै हो ।

काठमाडौंमा रहँदा के गर्दै हुनुहन्छ ?
केही नियमित स्वास्थ्य परिक्षणका लागी आएको हुँ । आएको मौकामा कन्द्रीय तहका नेतासँग दाङ्गको पछिल्लो सांगठनीक अवस्था र चुनावलाई ब्यवस्थित गर्ने विषयमा केन्द्रीय तहलाई रिर्पोटिगं गरें । यसबीचमा पार्टीका विभिन्न कार्यक्रममा सहभागि भइरहेको छु । तर म गाऊँ मै रमाउने ब्यक्ति भएकाले केही दिनमै फर्किदैंछु ।

यस्तो छ आचार्यका संर्घषमय राजनीतिक यात्रा : 

♦ ०३५ सालमा वणारसको कोइराला निवासम रथ यात्रा संगै २०३६ सालको जनमत संग्रह,२०४२ सालको सत्याग्रह आन्दोलनमा सहभागी भइरहँदा नेताहरु बलदेव शर्मा मजगैंया र खुम बहादुर खड्कासँगै आचार्यले पनि कारागार बसेका थिए ।

♦ ०४८ सालको आम निर्वाचनमा खुम बहादुर खड्कालाई विजयी गराउने सारथी थिए  आचार्य । माओवादी सशस्त्र यद्धका दौरान पश्चिम दागंमा आफ्नै गाऊँमा बस्ने सायद उनि एक्ला नेता थिए । उनलाई माओवादीले अपहरण गरेर सकुशल छाडेका थिए । गेहेन्द्र गिरी,दिपक गिरीलाई प्रतिनिधिसभा र संविधानसभा सदस्य जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका आचार्य प्रदेश सभाका लागि दाङ्ग क्षेत्र नं. ३ ख को उपचुनावका लागि पार्टीको एउटा तहबाट सिफारिसमा परेका आर्चायको राजनीतिक यात्राका निकै संर्घषमय रहेको  छ ।

♦ लगातार पार्टीको महासमिति सदस्य रहेका आचार्य २०२९ साल देखि राजनीतिमा सक्रिय  । नेपाली काँग्रेसको १३ ओं महाधिवेशनमा केन्द्रीय सदस्य समेत लडेका आचार्य लोकतन्त्रको आन्दोलनमा पटक पटक पक्राउ र जेल सजाय    ।

♦ विरोधी पार्टीले समेत अत्यन्तै सम्मान गर्ने छवि बनाएका आचार्य २०४६ सालको गणेशमाण सिंहको काठमाडौं चाक्सिबारीमा भारतीय नेता चन्द्र शेखरको उपस्थितिमा आयोजित कार्यक्रममा समेत सहभागी।

♦ २०६२/ ६३ सालको जन आन्दोलनमा अग्रपक्तिंमा रहेर आन्दोलनको राजनीतिक मोर्चा सम्हाल्दै पटक पटकको लाभको पद प्रस्ताव हुँदा समेत नबसेका उनि २०३६ सालमा जिल्ला कमिटी सदस्य हुँदै पार्टीको २०४८ सालको निर्वाचनमा दाङ्ग जिल्ला क्षेत्र नं. ३को प्रचार प्रसार समितिको संयोजक रहेर पार्टीका उम्मेदवारलाई निर्वाचन जिताउन महत्वपूर्ण भुमिका  निर्वाह   गर्दै  आएका   आचार्य २०३९ सालमा बर्दीयाको ढोंढरीमा आयोजित चर्चित सिके प्रशाइको प्रशिक्षणमा सहभागिता ।

♦ २०४६ साल फागुन ७ गते आन्दोलनका दौरान आचार्यलाई तत्कालीन डिएसपी शारदाभक्त रञ्जितबाट निर्घात रुपमा कुटपीट ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।