सोमवार, बैशाख १७, २०८१

२५ बुँदे संयुक्त वक्तव्यको विरोध गर्दै नयाँ शक्तिद्दारा राजधानीमा शक्ति प्रदर्शन

काठमाडौ आश्विन १४, नयाँ शक्तिले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि जारी २५ बुँदे संयुक्त वक्तव्यको विरोध एवम् प्रतिगामी निर्णय, दैनिक उपभोग्य सामानहरूको कृत्रिम अभाव, महंगी, कालाबजारी र यातायात क्षेत्रमा विद्यमान सिण्डिकेटको विरोधमा आज राजधानीमा वृहत धर्ना कार्यक्रमको आयोजना गरेको छ ।
14492483_1777348319213760_3910987786661220926_nधर्नालाइ सम्बोधन गर्दै पार्टी संयोजक डा भट्टराईले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका २५ बुँदे सम्झौताका केही बुँदा नेपालको राष्ट्रहितमा नभएको भन्दै आपत्ति जनाएका थिए ।
त्यस्तै उहाँले सरकारले भूकम्पपीडितलाई बिनासर्त तत्काल रु पाँच लाख दिनुपर्ने बताउँदै पञ्चायतकालीन इलाकालाई नै गाउँपालिकामा रुपान्तरण गर्ने निर्णय खारेज गरिनुपर्ने, महँगी तथा भ्रष्टाचार नियन्त्रण र दैनिक उपभोग्य सामग्रीको सुपथ मूल्य कायम गरिनुपर्ने लगायत माग गरिएको  थियो  ।