सोमवार, बैशाख १७, २०८१

एडिविका कन्ट्री डाइरेकटर र महानगरका प्रमुखवीच शिष्टाचार भेट

महानगरको विद्युतीय शासन अन्य नगरकालागि अनुसरण योग्य

काठमाडौं आश्विन १४ , महानगरमा म्युनिसिपल एडमिनिष्ट्रेसन एण्ड रिभेन्यु मार्स सिस्टम कार्यान्वयन भए अन्य नगपालिकामा विस्तार गर्न सजिलो हुन्थ्यो, एशियन डिभलपमेन्ट बैङ्क, नेपाल dsc_0053रिजिडेन्स मिसनका कन्ट्री डाइरेक्टर केनिचि हाकोहामाले महानगरका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्सँग शिष्टाचार भेटमा — महानगरले सिस्टम कार्यान्वयनलाई अन्तिम चरणमा पु-याएकोमा सह्राना गर्नुभएको छ ।
भेटका क्रममा याकोहामाले काठमाडौं उपत्यकामा खानेपानी लिमिटेडले खानेपानी वितरणमा र मेलम्ची खानेपानी आयोजनाले भौतिक पूर्वाधार विकासमा गरेको काममा महानगरको सम्लग्नताका विषयमा जिज्ञासा राख्नुभएको थियो ।
कन्ट्री डाइरेक्टर याकोहामाले उठाउनु भएका सवाल र महानगरले सिस्टम कार्यान्वयनमा गरेका कामका विषयमा जानकारी गराउँदै प्रमुख तथा कार्यकारी अधिकृत तामाङ्ले सिस्टमको प्रयोग परीक्षणको अन्तिम तयारीमा आफू रहेको जनाउँदै परीक्षणपछि तत्काल कार्यान्वयन गरिने जनाउ दिदै मार्स सिस्टममा भएका प्राविधिक पक्षको जाँच गर्ने प्रणाली समाबेश गरेपछि सिस्टम पूर्ण हुन्छ, सिस्टम प्रयोग सन्तुलन नियन्त्रणका विषयमा प्रमुख तथा कार्यकारी अधिकतृ तामाङ्को भनाइ थियो ।