बिहिबार, जेष्ठ ३, २०८१

सर्वसाधारण जनताको स्वास्थ्य र शिक्षाको वकालत गर्न नागरिक सरोकार समाज गठन

बिर्तामोड भाद्र १९ ,  स्वास्थ्य शिक्षाका क्षेत्रमा देखिएका विकृति विसंगतिविरुद्ध सशक्त अभियान सञ्चालन गर्ने लगायतका उद्देश्य सहित प्रकाश शिवाकोटीको Captureअध्यक्षतामा स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेची स्थापना भएको छ । समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको भेलाले शनिवार उक्त समाजको गठन गरेको हो ।  नवगठित समाजको उपाध्यक्षद्दयमा प्रेम नेम्वाङ र चैतन्यप्रकाश मैनाली रहेका छन् भने सचिवमा टीकाराम मंग्राती रहेका छन् त्यस्तैै सदस्यहरुमा महेन्द्र भट्टराई, एकराज गिरी, टीकाराम नेति, सन्तोष उप्रेती, देवीप्रसाद संग्रौला, लीला अनमोल, भोजबहादुर कार्की, बलदेव गोम्देन, लीला मैनाली र मदन बुढाथोकी रहेका छन् ।

समाजले स्वास्थ्य र शिक्षा नागरिकको नैसर्गिक अधिकार हुँदा यसको प्राप्तिका लागि आवश्यक अभियान सञ्चालन गर्ने, आर्थिक रुपमा विपन्न गरीब जनताको निम्ति पढ्न र उपचार गर्न सहज वातावरण बनाउन पहल गर्नुको अलावा राज्यको पुनर्संरचनासागै स्वास्थ्य शिक्षाका पुनर्संरचना पनि विकेन्द्रीकरण गर्न अभियान सञ्चालन गर्ने, मेची अञ्चलमा कम्तीमा एउटा इञ्जिनियरिङ कलेज र एउटा मेडिकल कलेज सम्बन्धनका निम्ति आवश्यक दबाब, चेतनामूलक कार्यक्रम तथा विभिन्न अभियान सञ्चालन गर्ने लक्ष्य लिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।