मङ्लबार, जेष्ठ १, २०८१

चियाको समस्या समाधान गर्न सरकारी टोली झापामा

बिर्तामोड भाद्र १५, साना किसान झापाली चिया व्यवसायी संघ र चिया उद्योगीबीच झापामा लामो समयदेखि देखिएको समस्या समाधानका लागि सरकारी टोलीले काम थालेको छ । कृषि मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट गठित छानविन एवम् समस्या समाधान समितिले तीन 8दिनदेखि झापामै आएर स्थलगत रुपमा अध्ययन, सरोकारवालासंग परामर्श गर्दै काम थालेको हो । समस्या समाधानकै लागि टोलीले संवाद समूहको सचिवालय बिर्तामोडमा बुधवार झापाका राजनीतिक दलका प्रमुखहरुसँग छलफल गरेको छ ।
कृषि मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठको संयोजकत्वमा रहेको ५ सदस्यीय समितिले झापाका राजनीतिक दलहरुलाई समितिले गर्ने कामको बारेमा जानकारी गराउँदै समस्या समाधानका लागि सुझाव लिएको हो । नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, नेकपा एमालेका अध्यक्ष चिन्तन पाठक, सचिव मदन अधिकारी, एकीकृत माओवादी केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने , स्थानीय शान्ति समितिका संयोजक एवम् सद्भावना पार्टीका अध्यक्ष सूर्यनारायण गणेशले चिया क्षेत्रको समस्या समाधानका लागि ठोस नीति निर्माण गरी दीर्घकालीन समाधानमा लाग्नुपर्ने सुझाव दिए ।

दलका नेताहरुले किसानको स्वामित्व रहेको सहकारीमार्फत सञ्चालन हुने चिया कारखाना तत्काल सञ्चालनमा ल्याउन सरकारले घोषणा गरेको अनुदान निकासा गर्नुपर्ने र चियालाई अक्सन बजारमा लैजानुपर्ने सुझाव दिएका छन् । उनीहरुले उक्त सरकारी टोलीलाई किसान र मजदुरको साथै समग्र चिया क्षेत्रको समस्या सुल्झाउनका लागि पहल थाल्न आग्रह गरेका छन् ।
कृषक र उद्योगीलाई चियामा प्रोत्साहित गर्न सरकारले अनुदान र सहुलियतको व्यवस्था गर्नुपर्ने सुझाव पनि दलका नेताहरुले दिएका छन् । चिया सम्बन्धी ठोस नीति बनाएर सहुलियत तथा अनुदान नदिने हो भने चिया उद्योग नै विस्थापित हुने दलका नेताहरुले बताए ।

समस्या समाधानका लागि आएको सरकारी टोलीले अल्पकालीन र दीर्घकालीन रुपमा समस्या समाधान गरिने जानकारी दिए । समिति संयोजक श्रेष्ठले तत्काल चिया कृषकसँगको मूल्य विवाद समाधान गरी आन्दोलन अन्त्य गरिने र दीर्घकालीन रुपमा नीति निर्माणका लागि अक्सन बजार, सहुलियत र अनुदानको कुरा स्पष्ट उल्लेख गरी सुझाव पेश गरिने जानकारी दिए । समितिको सदस्यमा रहेका मन्त्रालयका शाखा अधिकृत भोलानाथ गुरागाई, राष्ट्रिय चिया कफी विकास बोर्डका उपनिर्देशक रघुपति चौधरी, जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले समेत विभिन्न धारणा र सुझाव राखेका थिए । पाँच समितिको सदस्य टोलीमा झापाका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा समेत रहेका छन् ।
छलफलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पूर्वाञ्चल क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारी, संवाद समूह सचिवालयका संयोजक दीपेन्द्र भट्टराईले चिया क्षेत्रमा देखिएका समस्या र समाधानका लागि भएका पहल बारे जानकारी गराएको सचिवालयका सहजकर्ता खगेन्द्र खरेलले जानकारी दिए । संवाद समूहले चिया क्षेत्रको समस्या दीर्घकालिन रुपमा समाधानका लागि सरकारसंग पहल गर्दै नीति निर्माण तहमा समेत सुझाव पेश गर्दै आएको थियो ।
साना किसान झापाली चिया व्यवसायी संघले पनि अहिलेसम्मका सहमति र अन्य गतिविधिको न्यायिक जाँच गरी फैसला दिन सक्ने उच्च स्तरीय आयोग गठनको माग गरेका थिए । त्यस्तै नेपाल सरकारको ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत साना चिया किसानहरुको चिया सहकारी संस्था शुभ चिया सहकारी बाहुनडाँगी, पाराखोपी साना किसान चिया सहकारी हल्दिवारी–१ र साना किसान चिया उत्पादक सहकारी हल्दिवारी–९,द्वारा निर्माणाधीन चिया प्रशोधन काराखानाको सरकारले दिन बाँकी अनुदान रकम चालू आर्थिक बर्षमा एकमुष्ठ उपलब्ध गराउन माग गरेका छन् । अहिले उक्त मागसहित पूर्णकुमार कार्की नेतृत्वको कृषक टोली चिया बोर्ड बिर्तामोडमा दुई सातादेखि धर्नामा रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031