मङ्लबार, जेष्ठ १, २०८१

भिट्ठामोड जनकपुर सडक आन्दोलनका कार्यक्रम यथावत 

20160903_090703 20160903_090816 20160905_164037रंजन भण्डारी /जलेश्वर,भाद्र २०
विकासको मामिलामा अति पिछडिएको जिल्लाको रुपमा महोत्तरी उपल्लो श्रेणीमा आउछ । यहा शिक्षा,स्वास्थ्य र सडकको चर्चा गर्नु पर्दा तिनै क्षेत्रमा यहाका जनताले विकास भएको अनुभुति गर्न सकेका छैनन । जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा सडक दुर्घटना मै मृत्यु हुनेको संख्या ३० छ भने सयौको संख्यामा वार्षिक यात्रुहरु सडक दुर्घटनामा घाईते हुने गरेका छन । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक जनक भटटराईले समेत सोमवार सडकको अवस्था बुझ्न निरिक्षणमा जादा सडकमा रहेको खाल्डा खुल्डी नपुरेसम्म सडक सुरक्षाको दृष्टीकोणले यात्रा गर्न लायक नरहेको बताएकाछन ।

धनुषास्थित जनकपुर चुरोट कारखाना संचालनमा रहेको वेलासम्म चुरोट कारखाना कै लागि भिठामोड नाका हुदै दैनिक दर्जनौ ट्रक आउने गरेकोले सामान्य मर्मत भै रह्ने गरेपनि कारखाना बन्द भएदेखि सडकको स्तोरन्नती हुन सकेको छैन । भिट्ठामोड भन्सारले वर्षेनी ७० देखि ८० करोड नेपाल सरकारलाइ राजश्व बुझाउने गरेको छ । सडक विभागले वार्षिक रुपमै सडक मर्मतको लागि ठूलै रकम निकासा गर्ने गरेको तर त्यसको १० प्रतिशत रकम समेत सडकमा खर्च हुन नसकेको स्थानियहरुको आरोप छ ।
यता प्रधानमन्त्रीले माओवादी केन्द्रका नेता तथा सभासदहरुको सडक बनाउन दिएको ज्ञापनपत्र उपर कार्यवाही अगाडी वढाउन दिएको निर्देशनलाई स्वागत गर्दै सडक आन्दोलन संघर्ष समितिले सडकको शिलान्यास नभएसम्म आफुहरु आन्दोलनबाट नहट्ने बताएका छन । संघर्ष समितिलाई वाईकट गर्दै माओवादीका उच्च नेता तथा सभासदहरुले सडक बनाउन देखाएको उत्साह प्रसंसा योग्य रहेको र यसलाई आन्दोलन हाईजैक गरेको भन्न नमिल्ने संघर्ष समितिका संयोजक राम कुमार शर्मा बताउछन । वृहत्तर क्षेत्र विकास परिषदका अध्यक्ष समेत रहेका शर्माले माओवादीका नेताहरुले महोत्तरी र धनुषाका अन्य जर्जर सडकहरुलाई समेत यथासिघ्र बनाउन प्रधानमन्त्रीलाई घच्घच्याउनु पर्ने उहाको कथन छ ।  साथै उहाले सडकको गुरु योजना बन्ने वेलामा ६ लेनको भिठामोड जनकपुर सडक बन्ने निर्धारण भएकोले हामीलाई ६ लेनकै सडक चाहिएको र ४ लेनको सडकमा आफुहरु सहमत हुन नसक्ने उहाको भनाई छ । साथै उहाले आधिकारिक रुपमा अझै सडक सम्बन्धी जानकारी नआएकोले आफ्नो आन्दोलन सडकको काम सुचारु नभएसम्म यथावत रहने उहा बताउछन ।

विगतका दुई वर्षमा दुई पटक आफै अगुवा भई ‘सडक बनाऊ या फासी देऊ, किस्तावन्दीमा मृत्यु चाहिंदैन’ भन्ने नाराका साथ सडक आन्दोलनमा उत्रेका सुन्दर अभियान का मनोज झा मुक्तिले आफुले व्यापक जनसहभागिता जुट्न नसक्दा तात्कालिक यातायात मन्त्री, वहालवाला उपप्रधान तथा गृहमन्त्रीका प्रतिनिधि, प्रजिअ तथा सडक विभाग कै उच्च अधिकारीहरु आएर सडक बनाउने सहमति गरे तर ति सहमतिहरु कागजमै राखेर आमजनतालाई ठग्ने काम मात्र भयो । उहा अहिले सर्वदलिय र सर्वपक्षिय सडक आन्दोलन संघर्ष समिति मार्फत सडककै लागि दोस्रो चरणको आन्दोलनमा जुट्नु भएको छ । अहिले दोस्रो चरणको आन्दोलनकै क्रममा २० गते देखि २४ गतेसम्म सडकको विभिन्न ७ स्थानमा धर्नाको कार्यक्रम चलिरहेको,सडकखण्डको भिट्ठामोड(मलिवारा), जलेश्वर  चौक, प्रकौली, पिपरा, सहोडवा, विन्ध, र लादोबेलामा ११ बजेदेखि ५ बजे सम्म ५ दिनसम्म धर्ना कार्यक्रम चल्ने ज्ञापनपत्र मार्फत जानकारी गराइसकिएको समेत वहाँले भन्नु भयो । पहिलो दिनको धर्ना कार्यक्रममा सदभावना पार्टीका  देवेन्द्र यादव पिपरा, प्रकौली तथा जलेश्वरको सिनेमा हल चौकको धर्नामा सहभागी हुनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031