बुधबार, जेष्ठ २, २०८१

संसद् बैठक:  कर्मचारी सञ्चय कोष (नवौँ संशोधन) सहित चार विधेयक पारित

 काठमाडौ भाद्र १६,   व्यवस्थापिका–संसद्को आजको बैठकले चार विधेयक पारित गरेको छ । आजको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक CA_20141009085850-2 (1)परित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । आज पारित गरिएका विधेयकहरुमा क्रमस  कर्मचारी सञ्चय कोष (नवौँ संशोधन) विधेयक, लेखापरीक्षण पहिलो संशोधन विधेयक । नेपाल राष्ट्र बैंक दोस्रो संशोधन र निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक रहेको छ ।

यसअघि उक्त विधेयकमाथिको छलफलमा नेकपा (माओवादी केन्द्र)का सांसद जनकराज जोशी र नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले भाग लिनुभएको थियो भने बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले विधेयकमा सामाजिक सुरक्षाको भाव पैदा गरेको तथा कोषले आफैँ वा अरु सङ्घसंस्थासँग मिलेर ऊर्जालगायत विभिन्न उत्पादनका क्षेत्रमा लगानी गर्ने वातावरण तय गरेको जानकारी दिनु भएको थियो ।