बुधबार, जेष्ठ २, २०८१

युनेस्कोले भन्यो – पुरातात्विक र ऐतिहासिक संरचनाको अनुपयुक्त पुनःनिर्माण रोक

काठमाडौ भाद्र १६,  नेपालको धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक संरचनाहरु अनुपयुक्त ढंगबाट पुनःनिर्माण हुन लागेकोमा युनेस्कोले गम्भीर चासो व्यक्त गरेको छ । विशेषगरी काठमाडौंको रानीपोखरी अनुपयुक्त ढंगबाट हुन गइरहेको पुनःनिर्माणप्रति नेपालस्थित युनेस्कोले विहीबार विज्ञप्तिमार्फत् गम्भीर चासो व्यक्त गर्दै पुनःनिर्माण रोक्न अपीलसमेत गरेको हो । विज्ञप्तिमा ‘यस प्रकारको व्यवहारबाट हनुमानढोका दरबार स्मारक क्षेत्रस्थित मुख्य सम्पदा स्थलहरु जस्तै Captureकाष्ठमन्डप र माजु देगःलगायतका काठमाडौं उपत्यकाका भावी पुनःनिर्माणप्रतिको विश्वासनीयतामाथि पनि गम्भीर प्रश्नचिन्ह खडा भएको’ जनाइएको छ ।

‘काठमाडौं उपत्यका विश्वसम्पदा सूचीमा सूचीकृत स्थलका विशिष्टताहरुलाई नस्ट गर्नसक्ने जोखिम भएका कारण सम्पदास्थलको पुनःनिर्माणका लागि सबैभन्दा कम लागत प्रस्ताव गर्ने ठेकदार कम्पनीलाई ठेक्का दिनु अनुपयुक्त हुने र परिणामतः नेपालको सांस्कृतिक–पर्यटकीय सम्भावनामाथि पनि नका रात्मक असर पर्नसक्छ’ भनेर सचेतसमेत गराएको छ ।

साथै पुनःनिर्माण प्रक्रियामा सामुदायिक प्रतिनिधित्वलाई एकीकृत गर्नुपर्ने र उचित समाधान पत्ता लगाउने काममा युनेस्कोले पूर्णसहयोग गर्नेसमेत जनाएको छ ।  ‘पुनःनिर्माण प्रारम्भ भए देखिनै युनेस्कोले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँगका बैठकहरुमा र पत्रचारमार्फत् पनि ऐतिहासिक धरोहरहरुको पुनःनिर्माणका लागि प्रस्ताव आह्वान गर्ने प्रक्रियालाई परिवतर्नन गर्नका लागि जोड दिँदै आएको’ जनाइएको छ ।