बुधबार, जेष्ठ २, २०८१

पूर्वराजा वीरेन्द्रको शालिक हटाएपछि सिर्जित तनाव जारी,सुरक्षा व्यवस्था कडा

काठमाडौ भाद्र १७  नेपालगञ्जको धम्बोझी चोकमा राष्ट्रवादी युवा समूहले राखेको पूर्वराजा वीरेन्द्र शाहको शालिक स्थानीय प्रशासनले हटाएको छ । युवा समूहले विहिवार राखेको पूर्वराजा वीरेन्द्रको शालिक प्रहरीले गएराति हटाएको हो । प्रहरीले रातारात शालिक हटाएपछि राष्ट्रवादी युवा समूहले आपत्ति जनाएको छ ।Capture यसअघि त्यस चोकमा रहेको राजा वीरेन्द्रको शालिक २०६२/६३ सालको जनआन्दोलनका क्रममा तोडफोड भएको थियो।

शालिक राख्ने क्रममा प्रहरी र राष्ट्रवादी समुहबीच झडपसमेत भएको थियो ।  शालिक राख्ने  भिक्ने क्रममा  भएको  झडप  पछि  तनावपूर्ण बनेको धम्बोझी चोकमा    स्थानीय प्रशासनले नेपालगञ्ज बजार क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको छ । बजारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन  गरिए पछि त्यहाँको  स्थिती  सामान्य बनेको प्राप्त समाचारमा उल्लेख गरिएको   छ ।

यसैवीच  धम्बोझी चोकमा पूर्व राजा वीरेन्द्र शाहको शालिक राख्ने क्रममा उत्पन्न तनावपछि पक्राउ परेका १० जनालाई प्रहरीले रिहा गरेको  प्रहरीले जनाएको  छ।