बुधबार, जेष्ठ २, २०८१

मन्त्रिपरिषद् बैठक : भारतकालागि उपाध्याय र चीनका लागि पूर्व मुख्यसचिव पौड्यालको नाम प्रस्ताव

योजना आयोगका उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठ
प्रम दाहालको आर्थिक सल्लाहकारमा अर्थविद् डा श्रीराम पौडेल र परराष्ट्र सल्लाहकारमा डा ऋषि अधिकारी नियुक्त

काठमाडौ भाद्र १६ ,आज बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी मुलुक भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि नेपाल सरकारका पूर्व मुख्यसचिव mantri-602x256लीलामणि पौड्याललाई राजदूतमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।  बैठकले यसअघिका सरकारले फिर्ता बोलाएका भारतका लागि नेपालका राजदुत दीपकुमार उपाध्यायलाइ निरन्तरता दिने निर्णय अनुरुप पुन उहाँको सिफारिस गरिएको र सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभएको छ ।

  त्यस्तै बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठलाई र प्रधानमन्त्री पुष्पकमल दहालको आर्थिक सल्लाहकारमा अर्थविद् डा श्रीराम पौडेल र परराष्ट्र सल्लाहकारमा कूटनीतिक मामिलाका जानकार डा ऋषि अधिकारीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।  त्यस्तै आजको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाको निर्वाचनसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति समेत प्रदान गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभएको छ ।

यसैवीच सरकारले मलेसिया तथा मध्यपूर्व एसियाका कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, लेवनान, इराक, इरान, कुवेत, इजरायल, सिरिया, जोर्डन र यमनमा रहेका नेपालीलाई राहदानी शुल्क घटाएको छ ।  मन्त्रिपरिषद्को आजको बैठकले त्यस्तो निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि ती मुलुकमा रहेका नेपालीले राहदानी शुल्क ८० अमेरिकी डलर तिर्दै आएका थिए । त्यसलाई घटाएर ५० डलर कायम गरिएको परराष्ट्र मन्त्रालयले जनाउँदै प्रस्तुत निर्णय नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि लागू हुने बताईएको छ ।