सोमवार, बैशाख १७, २०८१

यस्तो छ नवनियुक्त मन्त्रीहरूको सपथ सहित कार्यविभाजन

काठमाडौ भाद्र १०, प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी हुनुभएका मन्त्रीहरूलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा Captureनवनियुक्त मन्त्रीहरूलाई आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । शपथ ग्रहणमा नेकाका सभापति एवम् पूर्वप्रम शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको सहभागिता रहेको थियो

राष्ट्रपति कार्यालयद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार सीतादेवी यादव शान्ति तथा पुनःनिर्माण, डा. प्रकाशशरण महत परराष्ट्र, अर्जुननरसिंह केसी सहरी विकास, बालकृष्ण खाँण रक्षा, सूर्यमान गुरुङ श्रम तथा रोजगार, जीवनबहादुर शाही संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गगन थापा स्वास्थ्य तथा जनसङ्ख्या, केशवकुमार बुढाथोकी समान्य प्रशासन, दीपक गिरी सिँचाइ, रोमीगौचन थकाली वाणिज्य, नवीन्द्रराज जोशीलाइ उद्योग, हृदयराम थामी सहकारी तथा गरिबी निवारण र शङ्कर भण्डारी वन तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी दिईएको उल्लेख गरिएको छ ।